Dabali News

Ad

चिनियाँ राष्ट्रपति भ्रष्टाचारीविरुद्ध निर्ममः १ लाख ५९ हजार नेतालाई जनकारबाही

२४ पुस

काठमाडौं । पछिल्लो समय चीनमा मौलाइरहेको भ्रष्टाचारलाई नियन्त्र गर्न राष्ट्रपति सी जिन पिङले कडा कदम चालेका छन् । एक वर्षमा मात्रै एक लाख ५९ हजार १०० जनालाई भ्रष्टाचारलाई कारवाही गरिएको छन् । यो सन् २०१७ को रेकर्डमात्रै हो ।

पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले जनाएको छ । उनीहरू सबै पार्टीका कुन न कुनै नियकामा रहेको बताइएको छ ।

सरकारका विभिन्‍न तहमा पार्टीका नेता-कार्यकर्ताहरु नै हुने भएकोले कारवाही पर्ने सबै पार्टीका सदस्यदेखि नेताहरु नै भएको बताइएको छ । एक लाख २२ हजार १०० वटा घटनामा संलग्न भएको र तीमध्ये ४८ हजार ७०० वटा घटना गरिबी निवारणसम्बन्धी थिए ।

हालै प्रकाशित एक सर्वेक्षणले ९३.९ प्रतिशत जनता पार्टीको भ्रष्टाचार विरोधी कामबाट सन्तुष्ट भएको देखाएको छ । यसरी सन्तुष्ट हुनेहरूको मात्रा यसअघि सन् २०१२ मा ७५ प्रतिशत थियो ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]