Dabali News

राष्ट्रिय बक्सिङमा दिदी र बहिनी सेमिफाईनलमा

२३ पुस

काठमाडौं । महिला खुला बक्सिङ प्रतियोगितामा दिदी र बहिनी सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

२७ औं पुरुष तथा आठौं महिला खुला प्रतियोगितमा दिदी गिता थापामगर र बहिनी बिमला थापा मगर ५१ केजी तौल समूहको सेमिफाईनलमा प्रवेश गरेकी हुन् ।

नेपाल आर्मीकी गिताले भक्तपुरकी अस्मिता दुवाललाई अंकको आधारमा हराईन् । त्यस्तै मध्यपश्चिमाञ्चलकी बिमलाले कैलालीकी हरिना अयरलाई अंकका आधारमा हराउदै सेमिफाईनलको यात्रा तय गरिन् ।

महिला खुला बक्सिङ प्रतियोगिताको महिला ४६ देखि ४८ केजी तौल समूहमा आर्मीकी ललिता महर्जन, पुलिसकी दिवाना शेर्पा, भक्तपुरकी शर्मिला लामा र एपीएफकी नङजा बुढामगर सेमिफाईनल प्रवेश गरेका छन् ।

बिर्तामोड बजारमा भएको पुरुषतर्फको प्रि–क्वाटर खेलबाट सफलता हात पादै ५६ केजी तौल समुह एपीएफका पुरन राई, झापा दमकका सन्देश राई, बाँकेका नवीन घर्ती, कास्की, दिनेश बानियाँ, भक्तपुरका प्रकाश कुमार विष्ट, दाङका प्रेम चौधरी, सुर्खेतका प्रकाश तारुंग र त्रिभुवन आर्मीका विमल रोक्का क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]