Dabali News

Ad

किम जोङसँग वार्ता गर्ने इच्छा छः ट्रम्प

२३ पुस

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्ने चाहना कुरा गर्ने इच्छुा भएको बताएका छन् ।

अाफैले रके म्यान, पुड्‍के जस्ता शब्द प्रयोग गरेर उत्तर कोरियालाई ध्वस्त पार्ने चेतावनी दिँदै अाएका ट्रम्पले वार्ता गर्ने इच्छा जाहेर गरेका हुन् ।

डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरुसँग बोल्दै ट्रम्पले भने ‘म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराकानी गरेको भने छैन ।’ ट्रम्पले अाफू वार्तामा विश्वास गर्ने मान्छे भएको बताउँदै किम जोङ उनसँग वार्ता गरेरै सबै समस्याको समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

दुई कोरियाको बीचमा हुन गइरहेको वार्ताको स्वागत गर्दै ट्रम्पले यस वार्ताबाट उनीहरुबीच आगामी दिनमा पनि सौहार्द वातावरण निर्माण हुन सकोस भन्ने आफ्नो धारणा रहेको बताए।

दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मङ्गलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको छ । दक्षिण कोरियाली अधिकारीहरुले वार्ताको तयारी भइरहेको जानकारी दिएका छन् ।

पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको बताइएको छ । उक्त उच्चस्तरीय वार्ताको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि स्वागत गरेका छन् ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]