Dabali News

उत्तर र दक्षिण कोरियाबीच चीनमा गोप्य वार्ता, ओलम्पिकमा सहभागी हुने उत्तरको निर्णय

२३ पुस

काठमाडौं । अमेरिकालाई छल्दै दक्षिण कोरियाले उत्तर कोरियासँग गोप्य वार्ता गरेको छ । नयाँ वर्षको पूर्व सन्ध्यामा चीनमा भएको वार्ताको बताइएको छ ।

दुबै देशका खेल अधिकारीको उक्त वार्तापछि उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको अवसरमा दिएको सन्देशमा परमाणु हतियारको बटन टेबुलामा राखेर बसेको अमेरिकालाई चेतावनी दिएका थिए । उक्त सन्देशमा दक्षिण कोरियामा हुन लागेको रिओ ओलम्पिकमा सहभागी हुन सक्ने बताएका थिए ।

त्यस लगत्तै दक्षिण कोरियाले वार्ताको लागि आग्रह गरेको थियो । उक्त आग्रह उत्तरले स्वीकारसँगै दक्षिणले वार्ता टोलीको नाम पठाइसकेको छ । दुबै देशको सीमा क्षेत्रमा वार्ताको तयारी भइरहेको छ ।

यसैबीच उत्तर कोरियाले दक्षिण कोरियाको राजधानी सिओलमा हुने ओलम्पिक प्रतियोगितामा भाग लिने जनाएका छन् ।

उत्तर कोरियाका अन्तर्राष्ट्रि ओलम्पिकका प्रतिनिधि च्याङ यङले आफूहरुको सहभागीता हुने बताएका थिए । उनी चीनको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।

चीनमा डिसेम्बरमा भएको उत्तर र दक्षिण कोरियाका खेलकुद अधिकारीको गोप्य बैठकपछि मुन र किमको त्यस्तो धारणा आएको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]