Dabali News

Ad

भोलि प्रदेश प्रमुख नियुक्त, माओवादीको सरकार बन्‍ने प्रदेशमा कटवाल !

२३ पुस

काठमाडौँ । सरकारले प्रदेश प्रमु्ख नियुक्ति गर्ने तयारी गरेको छ । प्रदेशको अस्थायी तोक्ने र प्रदेश प्रमुखको नियुक्त गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएका थिए । तर, बैठकमा कुनै सहमति भएन ।

पाँच पार्टीको बैठकमा एमालेले सहमति नदिएपछि सरकारले एक्लैले प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सातओटै प्रदेश प्रमुख नियुक्त गर्ने बताइएको छ ।

सहमति भएको भए नेकपा एमाले र माओवादी केन्द्रले सिफारिस गरेका व्यक्ति पर्ने भएपनि सहमति भएको हुँदा सरकार आफैले चाहेका व्यक्तिलाई तोक्ने तयारी गरेको बताइएको छ । प्रदेश प्रमुख आलंकारी पद भएपनि महत्वपूर्ण मानिएको छ । राजनीतिक नियुक्त गर्ने संवैधानिक व्यस्था छ ।

सरकारले कसलाई प्रदेश प्रमुखको रुपमा पठाउला भन्ने चाँसो बढेको छ । प्रधानमन्त्री देउवाले त्यसको लागि व्यापक छलफलमा रहेको काँग्रेस नेताहरुले बताएका छन् । काँगेस स्रोतका अनुसार पूर्वप्रधानसेनापति रुकमांगत कटवाल, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालगायतको पहिलो श्रेणीमा राखिएको छ ।

काँग्रेस स्रोतका अनुसार यी पात्रमा अान्तरिक सहमति जुटेमा माओवादी केन्द्रले सरकार चलाउने सम्भावना रहेका ६ नम्बर र ७ नम्बर प्रदेशमा कटवाललाई पठाउने तयारी भइरहेको छ । माओवादीसँगको कटवालको पूरानो दुश्‍मनीलाई उपयोग गर्दै सरकारले उपयोग गर्ने बताइएको छ । विभिन्‍न कारणले नाम चलेका उनीहरुलाई नियुक्त गर्दा एमाले र माकेलाई विरोध गर्न नसक्ने अनुमान काँग्रेसले गरेको छ । माथि नाम लिइएका सबै काँग्रेस निकट ब्यक्तिहरु हुन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]