Dabali News

मोडल मानसी हत्याको नयाँ प्रमाणः रगत लत्पतिएको तन्ना भेटियो

३१ असोज

काठमाडौँ । मुम्बईकी मोडल मानसी दीक्षितको हत्याको नयाँ प्रमाण भेटिएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । २० वर्षीया मानसीको हत्या अनुसन्धान गरिरहेको प्रहरीले रगत लत्पत्तिको तन्ना भेटेको छ ।

आरोपी मुजम्मिल सैयदले घटनापछि घर पुगेर प्रमाण मेटाउने प्रयास गरेको प्रहरीले बताएको छ । बुधबार मुम्बईको मलाडम सुटकेसमा मोडल दीक्षितको शव भेटिएको थियो ।

मुम्वाई प्रहरीका अनुसार मोडलको साथी सैयदले मानसीलाई घरमा बोलाएर हत्या गरेका थिए । सामाजिक सञ्जालबाट साथी बनेको एक पुरुषलाई हत्याको आरोप लागेको छ । हत्याराले मोडललाई घरमा बोलाएर हत्या गरेको र शवलाई सुटकेसमा राखेर फ्याँकिदिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

गत बुधबार पुलिसले मुम्बईको मलाडमा सुटकेसको शव भेटेको थियो । मृतकको नाम मानसी दीक्षित रहेको भारतीय प्रहरीले जनाएको छ । मानसीको साथी मुजम्मिल सैयदले कोठामा बोलाएर हत्या गरेका थिए । प्रहरीका अनुसार सैयदले मानसीलाई आफ्नो कोठमा बोलाएको र केहि कुरामा झगडा भएर मोडलको हत्या गरेको हो । आरोपी सैयदले हत्या गरेको स्वीकारेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]