Dabali News

Ad

सञ्‍चारकर्मी शाहस भट्टले संगीत भरेको लोक दोहोरी ‘चोट’ले बजार ततायो (भिडियोसहित)

२२ पुस

काठमाडौं । संचारकर्मी तथा उदयमान संगीतकार शाहस भट्टले संगीत भरेको दोहोरी गीत ‘चोट’ को भिडियो बजारमा अाएको छ । एकै दिनमा दर्जनौं गीत बजारमा अाएपनि सबै गीतहरु दर्शक र स्रोतहरुले रुचाएका छैनन् तर चोटले भने बजार तताएको छ ।

प्रेमभाव समेटिएको सीमा चन्द र विश्व राईको ‘चोट’ बोलको गीतलाई एसएनबी म्यूजिक प्रालिले बजारमा ल्याएको हो । गीतमा कुलेन्द्र विश्वकर्मा र सीमा चन्दले स्वर दिएका छन् । शब्द सन्तोष बानियाँ, लय शाहस भट्टको रहेको छ भने गीतको थेगो राजु बर्देवाले तयार गरेका छन् ।

भिडियमा नवमोडल विश्व राई र सारिका केसीले अभिनय गरेका छन् । बिक्रम चौहानद्वारा निर्देशित भिडियोलाई छायाकंन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् ।

संचारकर्मी भट्टले यसअघि पनि व्यथा निकै छ, सानु तिम्रै नाम छ, मुटुको घाउ, जामाना नि के आयोलगाएतका थुप्रै गीतहरुमा आफ्नो सिर्जना सजाएर बजारमा पठाइसकेका छन् ।

भिडियो

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]