Dabali News

दशैं होइन मेरो दशाः दाजु-भाई र बहिनी गुमाउँदाको दशैं

मलाई जिन्दगीले गनिगनि नै चोट दिएको छ । एउटा मात्र पीडा छैन, गन्न नसक्ने क्षण छन् । सबै एकएक गरी मानसपटलमा तैरिन्छन् । आखिर कहाँ छ हामीलाई खुसी दिने त्यो भगवान ? अनि कहाँ छ त्यो ईश्वर ? हामीलाई खुसी दिने एउटा अदृश्य शक्तिलाई मान्छौँ, कहाँ गए ति सब ? सपनाका महलहरु भत्किँदै गए, जिन्दगीमा अनगिन्ती चोटहरु थपिँदै गए, म सहँदै छु । सबैलाई थाहा नै छ, एउटै आमाको काखमा हुर्किएका दाजुभाई अनि दिदीबहिनीबीच कत्तिको गहिरो अनि सुमधुर सम्बन्ध हुन्छ भन्ने । हो, आज मेरो जिन्दगीको आधा हिस्सा मबाट सदाका लागि टाढा गएको छ । जसले मेरो जिन्दगीलाई सुन्दर बनाउन कतिसम्मको कष्ट गरे आज उनीहरु नै मेरो नजिक छैनन् । यति टाढा गएकी म स्पर्शसम्म पनि गर्न सक्दिनँ । गाहो हुँदोरहेछ पीडा पचाउन ।

भौगोलिक हिसाबले टाढा त्यो विकट कर्णाली प्रदेशको हुम्ला जिल्लामा एक गरिब परिवारमा जन्मिएको हुँ । हुम्लाको सदरमुकाम सिमकोटदेखि ३ दिनको पैदल हिडाईपछि बल्ल मेरो जन्मथलो चंखेली गाउँपालिका ५ नेप्का पुगिन्छ । मेरो घरको मुख्य पेशा भनेकै कृषि हो । गाउँमा कक्षा ५ सम्म अध्ययन भएपनि घरमा आमाबुवा र घर परिपारसँग पढाईले गर्दा सँगै बस्न समेत पाएनौं । कक्षा ६ अध्ययन गर्ने गाउँ भन्दा १ दिन टाढा रहेको महादेव माध्यामिक विद्यालय जानुपर्ने बाध्यता रहेको थियो । तर घरमा मेरो आमा बुबा र घरपरिवारका आशाका केन्द्र विन्दु मेरा महिला दाजु बिरामी हुनु भयो । बिरामीले च्याप्न थालेपछि गाउँमा सरसापटी गरी काठमाडौ तिर औषधी गर्ने निर्णय ग¥यौ तर काठमाडौमा रहेको ॐ अस्पतालले दाईको लासमाथि व्यपार गर्‍यो । दाईलाई नत सन्चो बनायो नत पैसा नै रहयो । मेरा माइला दाजु नहुने थाहा हुँदाहुँदै पनि अनेक थरी बाहानामा उपचार गरेको नाटक मात्र गरिरह्यो । उपचारको नाममा लासलाई सडाएर २७ लाख असुल्यो । त्यो लुटको अखडामा कोही पनि नजान सुझाव छ मेरो । म र मेरा घर परिवारले घरकै अमुल्य सम्पति मेरा दाजुलाई २०७३ साल वैशाखमा दाजु गुमयौं । घरमा आमाबुबाको बिचल्ली हुन पुगेको थियो ।

घरमा आमाबुबा र घर परिवारले नारायण गोपालको गित झै मुटुमाथी ढुङ्गगा राखि हाँस्नु परेझै बाँच्यौ । प्रकृतिको नियम भनौं वा अरु कुनै अदृश्य शक्तिलाई दोष दिउँ, मेरो दाजुलाई यो संसारमा रहँनु भएन । सम्झिँदा पनि मन भक्कानिएर आउँछ, जुन दिन मेरो दाजु यो संसार छोडेर टाढा जानुभएको थियो । दाजुले संसार छोड्नु त भयो नै तर काठमाडौँको ॐ अस्पतालप्रति मेरो गुनासो छ । दाजुले अन्तिम अवस्थामा आमाबुबा छोराछोरी र भाउजुलाई भेट्ने चाहाना राख्नु भएको थियो । लुटको अखडा अस्पताल र पापी डक्टरले उपचारको बाहाना मात्र बनाइरहेका रहेछन् । कहिले यो गर भन्छ कहिले त्यो गर भन्छ । अन्तिम हुँदासम्म पनि हाम्रो खर्च मात्रै गराईरह्यो । कतिसम्मका निष्ठुरी बन्न सकेका हुन मानिसहरु पैसाको नाममा । डक्टरलाई त हामी सबैले भगवान मान्छौँ । जसरी भएपनि डाक्टरले हामीलाई नयाँ जिन्दगी दिन्छन् भनेर आश मानेका हुन्छौँ । बिरामी हुँदा डाक्टरलाई सम्झन्छौं । तर ॐ अस्पतालले दाईको लासमाथि व्यपार गरिरह्यो । त्यो लुटको अखडामा कोही पनि नजान सुझाव छ मेरो । दाजु्को अवस्थाबारे हामीलाई जानकारी गराइएन । नर्सहरुले दया मानेका थिए । उनीहरुले गरेको सहयोगप्रति धन्यवाद छ ।

काठमाडौँ जाँदा चारभाई गएका थियौँ तर फर्कदा ३ भाई मात्र । हामीले आफूलाई विस्तारै समाल्यौँ । त्यही बेला मेरा आफन्ती हरिचन्द्र बुढाथोकीले लगाएको गुणको ऋण अहिलेसम्म तिर्न सकेको छैन । उहाँले दाईको दासंस्कारसम्म साथ दिनु भएको थियो । २०७३ सालको भदौ १४ गते जस्तो दिन फेरि कहिल्यै कसैलाई पनि नआओस् । म केही दिनको लागि नेपालगञ्ज गएको थिए । त्यही समयमा मेरो मोबाइलको घण्टी बज्यो । हेर्दा फुपुको छोराले फोन गरेछ । उसले मलाई देखेर फोन गरेछ सोचे, मैले फोन उठाए । उसले ‘कता हुनुहुन्छ दाई’ सोध्यो, मैले नेपालगञ्ज छु । किन र के भो ? उसले मेरो भाई बिरामी भएको खबर सुनायो । म छाँगाबाट खसे जस्तै भएँ, होटेलको कोठामै एक घण्टासम्म बेहोस नै भएछु । केही समयपछि म आफैँ बिउँझिएँ । मेरो दिमागले काम गर्ने थालेछ । म उठेर नेपालगञ्ज नर्सिङ होममा पुगेँ । त्यहाँ मेरो भाई बेडमा बेसहारा जस्तो भएर पल्टिएको देख्दा मैले बोल्नै सकेन आँखाबाट बर्बरी आसुँ खस्न थाले ।

बल्लबल्ल आफुलाई सम्हाल््दै जानकारी लिएँ । भाईले हिजो राती एक्कासी खुट्टाको फिला दुख्यो अरु केही भाको छैन । मैले सामान्य होला सोचेको थिए । घरमा आमाबुबा कसैलाई पनि जानकारी गराएनौँ, सन्चो भईहाल्ला भनेर । जानकारी गराउँ भनेपनि घरमा फोन लाग्दैनथ्यो । मेरी ठूली बहिनीलाई मात्र भाई बिरामी भएको कुरा थाहा थियो । जब डाक्टर आएर सबै एमआरआईदेखि लिएर चेकजाँच गर्नुपर्ने सबै गरिसकेका थिए । रोग केही देखिएन । तर प्यारालाइसिस हुन सक्छ भन्ने जवाफ डाक्टरले दिएका थिए । जति सक्यो छिटो काठमाडौँ अथवा लखनउ लैजाने सल्लाह डाक्टरको थियो । म के गरौँ, कसो गरौँ भयो । पैसा पनि थिएन । एक छिनपछि बहिनीसँग सल्लाह मागे । बहिनीले पैसाको लागि केही चिन्ता नलिनु उपचार राम्रो गर्नुहोला भनेपछि तालिमबाट बिदा मागेर निस्किए । भाईलाई काठमाडौँको टिचिङ हस्पिटलमा रिफर गरियो । कसरी लैजाने भन्दा जहाजबाटै लिनुपर्ने निधोभो । अनि त्यो दिन अस्पताका कर्मचारीले रिफर ढिलो गरे । जहाज टिकट पनि छुटयो । फेरि नर्सिङ होमको इमारजेन्सी वर्डमै राखे । पछिल्लो बिहान ८ बजेर ३० मिनेटमा राँझा एयरपोट पुर्याएँ । मलाई त्यतिखेरसम्म साथ दिने मेरो फुपुको छोरालाई सम्झिन्छु ।

बुद्ध एयरको जहाज आउन केही समय बाँकी थियो । मेरो १८ वर्षको भाई ह्वील चियरमा बसेको देख्दा सारै मुटु छियाछिया हुन्थ्यो । अवस्था निकै कठिन जस्तो भएको थियो मेरा लागि । जिन्दगीले कुन मोडमा लैजाने हो थाहा नै थिएन । काठमाडौँ एयरपोर्टमा पुगेपछि टयाक्सी रिर्जब गरी टिचिङ हस्पिटल गयौँ । त्यहाँ सारै भिडभाड थियो । पहुँच हुनेवालाको मात्रै उपचार भइरहेको थियो । हामी पालो कुरी बसेका थियौँ धेरै बेरसम्म पालो नै आएन । अस्पताल पुगेको धेरै समयपछि बल्ल नाम लेखाएँ अनि भित्र छिरेको त बेड नै खालि थिएन । एउटी नर्सले भनिन एक हप्ता कुर्नुपर्छ । मेरा भाइको बिराम एक हप्ता कुर्न पनि सक्ने थिएन । मलाई झन धेरै चिन्ता हुन थाल्यो । फेरि टयाक्सी रिजर्ब गरि केएमसी हस्पिटलतिर लागे । अस्पतालका एक कर्मचारीसँग लाग्ने खचैबारे सोधेँ । दिनको ५ हजार । अर्को आयो र महिनौँ दिनसम्म राख्नुपर्छ भन्न थाल्यो अनि मैले आफू महिनौँ दिनसम्म राख्न नसक्ने भए पछि फेरि टिचिङ हस्पिटलमा ल्याएँ । ओहोरदोहोर गर्दागर्दै पैसा पनि धेरै सक्किसकेको थियो । समयमै उपचार पाएको भए पनि हुन्थ्यो, त्यो पनि भएन । म कहाँ के गरुँ अलमलमा परेँ । न खानु छ न पिउनु, भोकभोकै बिरामी भाइलाई बोकेर हिँडेको हिँड्यै छु । बल्ल तल्ल पालो कुरेर नाम दार्ता सम्म भएपनि बेडको भने व्यवस्था हुन सकेको थिएन । धौँधौँ दुई जना भएको बेडमा भाइलाई राखेँ । भाई छटपटिएको देख्दा मन मुटु टुक्रा टुक्रा भएर आउँथ्यो तर पनि मैले केही गर्न सकेको थिएन । टिचिङ हस्पिटल हस्पिटलमा हामीजस्ता गरिबको त केही वास्ता नै हुँदैन खाली हुने खानेका बाहेक । भाइको त्यो छटपटी देख्दा म मरेतुल्य भएको थिएँ । आफ्नै देश पनि बिरानो लाग्न थाल्यो । कोही मनकारी मान्छे मैले भेटिन । यस्तो लाग्यो कि दैबले मलाई भनेर खुसीको संसार छोडिदिएनछन । कहिँ कै मैले खुसी देखेन । मिल्ने भए भाईले भोगिरहेको पीडा मैले लिन्थे । तर‘बल्लबल्ल अस्पतालमा अस्पतालमा राति मेरो भाईलाई सारै ज्वरो आयो अनि नर्सहरुलाई सोधे सिटामोल खुवाउनु होस भनेपछि मैले भाइलाई सिटामोल दिएँ । आफन्तीहरु अरु कोही थिएनन् भाइ र म बाहेक । अरुका त एक जना बिरामी कुरुवा २ जना अनिवार्य हुदा रहिछन । हाम्रो त सम्भवै थिएन ।

जब बिहान भयो भाईलाई भोक लागेको रहिछ दुध ल्याएर खुवाएँ अनि फेरी पछि अनि केही बेर फ्रुटि ल्याएर खुवाएँ । त्यतिबेला त भाई मसँग राम्रै कुरा गरिरहेको थियो । अलिपछि खाना पनी खायो । केही समय पछि दाई मोबाइल दिनु भन्यो फेसबुक चलाउछु भन्यो अनि फेसबुक चलायो र ओन्स अपन अ टाईम फिलीङ स्याड भन्ने क्याप्सन लेखेर आफ्नो फोटो अपलोड गर्यो । घरमा अरु कसैको फोन लाग्दैनथ्यो तर एउटी बहीनीको भने लाग्थ्यो अनि उसैसँग कुराकानी गर्छु भन्यो र मैले फोन लगाईदिएँ कुरा पनि गर्यो । यत्तिकैमा उस्को छट्पटी बढ्दै गयो । उ बिस्तारै बेहोसी अवस्थामा पुग्यो । म आत्तिएँ अनि डक्टरलाई बोलाएँ, डाक्टर सँग सल्लाह मागेपछि आइसियू मा राख्नु पर्छ भने । अनि मैले ठाउँठाउँमा फोन गरे आई कहिँ कतै आईसियू पाइएन ।

बल्ल काठमाडौँ हस्पिटलमा लिन लागेको थिए एकजना इण्डियन मुलका डाक्टर आए । भाइलाई बाहिर लैजान लागेको थाहा पाएपछि एक छिन रोक्न भने । उनले टिचिङ अस्पतालमा नै आईसीयुको व्यवस्था गरिदिए । अनि भाईलाई आईसीयुमा राखियो । मेरो भाई छटपटाई रहेको थियो । भाइको अवस्था त्यस्तो न घरमा केही खबर छ न केही मेरो दिमागले काम गर्ने छोडेको थियो । सहयोग गर्ने मान्छे कोही थिएनन । कसलाई के भनेर सहयोग माग्नु । निष्ठुरी शहरमा । आफ्नो पासमा पैसा सकिन थालिसकेको थियो । डाक्टरले औषधि मात्रै ल्याउन पठाई रहेको थियो । केही उपाय ननिकाली अस्पताल बाहिरका फार्मेसीमा गए । उता पनि केही उपाय सुल्झिएन । एक जना भलाद्मी जस्तो देखिने उमेरको हिसाबले पनि पाको व्यक्तिसँग आफ्नो समस्या राखे । उनसँग मेरो मोबाइल र लाइसेन्स राख्नु होस भन्दा पनि मानेन । उनले मेरो पीडा सुनेन । मेरो भाइको ठाउँमा उनीहरुका आफन्त भएको भए के गर्थे होला उनीहरु ? यो सोच्ने फुर्सद कसैलाई थिएन । आखिर पैसामात्रै त रहेछ सम्बन्ध ।

रातीको साढे १२ बजेपछि औषधि मगाउन रोके । अनि खाना खानु प¥यो भनि अस्पतालबाट बाहिर गएँ तर केही पनि थिएन खाने चिज । सबै पसलहरु बन्द भईसकेका थिए । त्यो दिन भोकै बसे भोली पल्ट शनिवार थियो । औषधिको बिल ७ हजार आउथ्यो । के गरौँ कसो गरौँ भए । अस्पतालको फार्मेसीमा गएर भोली दिने बाचा गर्दापनि काम गर्ने बहिनीले दिनै मानिन् । मनमनै सोँचे अस्पतालमा बस्नेहरुको मनमा अलिकति पनि मानवता हुने रहेछ । स्वास्थ्य क्षेत्रको सुधारको कुरा गर्ने डा. गोविन्द केसीले आफूले पढाउने अथवा काम गर्ने अस्पतालभित्रको अवस्थाबारे जानकारी नभएको हो कि ? देखेर पनि बेवास्ता गरेका हुन ?

‘छनपैसा सबै मेरा, छैनन् पैसा सबै तेरा’ गाउँमा बुढापाकाहरुले भन्ने गरेको कुराको याद आयो । मैले कत्ति बिन्ति गर्दा पनि कसैले पनि एक रातको लागि उदारो औषधि दिन मानेन । सबैसँग अनुरोध गर्दा जाँदा एक जना भाईले मेरो मोबाइल र लाइसेन्स राखेर दुई हजार बराबरको औषधि दिए । मैले ठूलो गुन माने । बिहान दश बजेभित्रै बहिनी रुपैयाँ पठाउने तयारीमा भएकी थिइन् । बिहान ७ बजे नै सिटिस्क्यान गर्नुपर्छ भन्दै बिल काटेर आउनु आदेश फेरि आयो । खल्तीमा एक सुको थिएन । रातीभरी अनिदो र भोको तर पनि केही ठाउँमा फोन गरे केही सीप लागेन । दश बजेसम्मलाई पनि कसैबाट सिटी स्क्यानको लागि पैसा जुटेन । टिचिङ हस्पिटल हस्पिटलमा हामीजस्ता गरिबको त केही वास्ता नै हुँदैन खाली हुने खानेका बाहेक । भाइको त्यो छटपटी देख्दा म मरेतुल्य भएको थिएँ । आफ्नै देश पनि बिरानो लाग्न थाल्यो । कोही मनकारी मान्छे मैले भेटिन । यस्तो लाग्यो कि दैबले मलाई भनेर खुसीको संसार छोडिदिएनछन् । कहिँ मैले खुसी देखेन । मेरो भान्जा पेमासुन्डुपलाई सम्झे र ३ हजार रुपैयाँ लिएर आउ भने । यति बेला पनि दाजुलाई जस्तै गराइरहेका रहेछन् पापी डाक्टरले । भाईको ब्रेनडेथ भइसकेको रहेछ । तर, खर्च मात्र गराईरहेका थिए डक्टर । म भाई भएको ठाउँमा गए मनलाई थाम्नै सकिन रुन थाले । दुई जना उमेरले पाका दिदीले मलाई बोलाएर रुँदै भनिन् ‘कति राम्रो बाबु थियो ।

मेरो छोरा जस्तै थियो । बाच्ने भए हामीबाट दिने सबै सेवा दिने थियौँ’ भन्दै आँखाबाट आसु झार्दै मलाई सम्झाउन थाले । मेरा आँखले संसार देख्न छोडे, चारैतिर अँध्यारो र भाई अनुहार मात्रै देखिराखेको थिए । फेरि १ जना नर्स आइन बिल काटेर ल्याएर आउनु भनिन । डाक्टरले अब औषधि नगर्नुहोस् भनिसकेका थिए । तर नर्सले बिल काटेर ल्याएर आउनु भनेपछि ति दुईवटी दिदीहरुले ति नर्सलाई रिसाउँदै यो भाईसँग पैसा छैन, कहाँबाट बिल काट्ने हो ? खर्च किन गराउछौँ ? डाक्टरले ब्रेनडेथ भईसकेको र औषधि उपचार रोक्नु होस भनिसकेको छ भनिन् । यतिबेलासम्म भाईले संसार छाडिसकेको रहेछ तर पनि मलाई अस्पतालले बिल कटाउन लगाउँदै थियो । मैले फेरि काठमाडौँबाट एक्लै फर्कनु पर्यो । दाई र पछि भाईसँगको सहकार्यको अन्त्य भयो । आफ्नो मनलाई बलियो बनाउनुछ भन्दा पनि भाईको विगतले मलाई निकै कमजोर बनायो । मेरो भन्दा पनि आमाबुबाको चिन्ता लाग्यो । कसरी सम्झाउने भनेर । दाई र भाईको उपचारमा अस्पताल र डाक्टरबाट जुन व्यवहारको भोगियो । त्यो अमानविय र सहन नसक्ने छ । तर के गर्ने हाम्रो देश यस्तै छ । कानून र सिंहदरबारले उनीहरुको सेवा गरिरहेको छ । स्वास्थ्य क्षेत्रको सुधारको कुरा गर्ने डा. केसीले आफूले पढाउने अथवा काम गर्ने अस्पतालभित्रको अवस्थाबारे जानकारी नभएको हो कि ? देखेर पनि बेवास्ता गरेका हुन ?

२०७५ साल भदौ ३० फेरी कालो दिन

बहिनी अझैसम्म पनि विशवास गरेको छैन । तिमी हामीबाट छोडेर गएका छौं भन्ने । म विशवास गर्दिन मेरी कान्छी बहिनी शान्त इमान्दार कसैको आँखामा हालेपनि नबिझाउने प्यारी बहिनी भदौ ३० गते नेप्कामा सुख्खा पहिरोले ज्यान लियो । बहिनी मलाई पनि यो पापी संसारमा बाँच्न मनै छैन के गरौ कसो गरौं भएको छ । बहिनी घरका २ जना होनहार दाजु भाई बितेको पीडा उत्तिकै थियो । बहिनी अनमीमा कुनै ठाउँमा रोजगारी बनाउने तिम्रो दाजुको धोको अधुरै राख्यौ । संसारमा सबै चिज किन्न पाइएला तर मेरो बहिनी बसन्तीको इमान्दारीता स्वभाव अब हामीले कहाँबाट खोजौं ।

बहिनी निष्ठुरी पापी दैवलाई पनि राम्रो मान्छे चाहिदो रहिछ । बहिनी घरमा आमा बुबा र तिमीसँगै खेल्दै हुकिएको मेरो भाई तिलक पनि तिम्रै पछि लागेर हामीलाई छोडेर छोडको दिनदेखि घरबाट बाहिर निस्कन सकेको छैन । के गरौ कसो गरौ आमा बुबा पनि तिम्रै यादले । आज होकी भोलिको अवस्थामा पुगिरहेका छन् । गत वर्ष भाईटिका बहिनीको हातबाट लगाएका थियो । अरुका दाईभाईहरु दशैंमा दिदीबहिनीका हातबात टिका लगाउने होलान हामी कसका मुख हेरेर बसौं ? प्रिय बहिनी कहाँ छौ । पीडैपीडाको मेरो जीवन सुख कहिले पनि महशुस गर्ने सकिन मेरा निम्ति दशैं होइन दश आएको भान हुन थालेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]