Dabali News

Ad

सी जिन पिङले पठाए खुशीको खबरः बहुवर्षे कामदार भिसा खुला, परिवार समेत लिन पाइने

२१ पुस

काठमाडौं । अमेरिकाले विदेशी कामदारको भिसामा कडाई गरिरहेको बेला छिमेकी चीनले भने बहुवर्षे कामदार भिषा खुला गरेकोक छ ।

चीनले पहिलोपटक विदेशीहरुका लागि बहुवर्षे कामदार भिसा खुलाएको हो । चीनले विश्वका ख्यातिप्राप्त तथा उच्च दक्षता हासिल गरेका व्यक्तिहरुका लागि ५ देखि १० वर्षे कामदार भिसा आवेदन खुला गरेको छ ।

चीन सरकारद्वार जारी गरिएको आधारभुत यौग्यता तथा भिसा प्रक्रियाअनुसार भिसाका लागि विभिन्न विधामा नोबेल पुरस्कार विजेता, बैज्ञानिक, कला क्षेत्रका काम गरेको, खेलाडी तथा विश्वमा योगदान दिएका जनशक्तिहरुलाई प्राथमिकता दिइने छ ।

यस्तै, दक्ष प्राविधिक र उद्यमीहरुलाई पनि प्राथमिकता दिइने जनाइएको छ । चीनको आर्थिक र सामाजिक बिकासको लक्ष्य अनुरुप यस्तो भिसा खुला गरिएको जनाएको छ । सो भिसाका लागि अनलाइनमार्फत निशुल्क आवेदन भर्न पाइने व्यवस्था गरिएको छ ।

चीनको यो निर्णयबाट ५० हजार बिदेशी उच्च दक्षता हासिल गरेका कामदार लाभान्वित हुने अनुमान गरिएको छ । भिसा पाउने व्यक्तिहरुले उनीहरुका परिवार पनि चीन लैजान पाउने चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]