Dabali News

सात लाख भारतीय कामदारलाई अमेरिकाबाट लखेट्ने ट्रम्पको तयारी

२१ पुस

काठमाडौँ । विभिन्न समयमा अमेरिका पुगेका भारतीय कामदारलाई फिर्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तयारी थालेका छन् ।

दक्ष बिदेशी कामदारहरुलाई दिइने एचवान वी भिसा थप गर्दै ग्रिन कार्ड दिने व्यवस्था खारेज गरी उनीहरुलाई स्वदेश फिर्ता गर्ने ट्रम्प प्रशासनले नीतिगत तयारी गरेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

ट्रम्प प्रशासनले एच वान वी भिषामा काम गरिरहेका तर ग्रिनकार्ड अप्लाई गरेकाहरुलाई भिषा नवीकरण नगर्ने तयारी गरेको हो । स्वादेशी कामदारलाई प्राथमिकता दिने ट्रम्प प्रशासनको नीतिअनुसार यो तयारी गरिएको बताइएको छ ।

ट्रम्प प्रशासनले तयारी गरेको नीति लागु भएमा झण्डै ५ देखि ७ लाख भारतीय दक्ष कामदारहरु स्वदेश फर्किन बाध्य हुने छन् ।

खासगरी सूचना प्रबिधि क्षेत्रमा झण्डै ५ लाख भारतीय दक्ष जनशक्तिले एचवानवी भिषामा रहेर काम गरिरहेको भारतीय संचारमाध्यमहरुको दाबी छ ।

नयाँ ब्यबस्थाअनुसार अब बिदेशी कामदारलाई सुरुमा तीन बर्ष र एकपटक नवीकरण गरेर अर्को तीन गरी कुल ६ बर्षको एचवानबी भिषा दिइनेछ । यदि ६ बर्षको अन्त्यसम्ममा पनि उक्त बिदेशी कामदारले ग्रिनकार्ड हात पार्न सकेन भने एचवान बी भिसा नवीकरण गरिने छैन । यो भिषामा काम गर्ने कामदारहरुले ग्रिन कार्ड प्राप्त गर्नका लागि झण्डै १० देखि १२ बर्षसम्म लाग्छ ।

तोकेको समयभित्र ग्रिन कार्ड प्राप्त गर्न नसके अमेरिकामा बस्न नपाउने कानुनी व्यवस्था गर्ने तयारी भइरहेको छ ।

एचवानवी भिषा भन्दा डीभी र गैरकानुनी रुपमा नेपाली नेपाली कामदारहरु पनि अमेरिका पुगेका छन् । डीभीबारे ट्रम्पको पछिल्लो धारणाले पनि ग्रिन कार्ड नपाएका नेपालीहरु कुनै बेला पनि लखेटिनु पर्ने अवस्था अाउन सक्ने अाशंका गरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]