Dabali News

बलात्कारीलाई जनताले यसरी गरे भाटे कारवाही (भिडियोसहित)

केही दिनदेखि बलात्कारका घटना दिनदिनै बढिरहेका छन् । बलात्कारीलाई कारवाहीको माग गर्दै सडक तातिरहेकै बेला बालिकादेखि बृद्धा बलात्कारको शिकार भइरहेका छन् । हालै धनुषामा १० वर्षीय बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको लागि सदनदेखि सडकसम्म नारा लागिरहेको बेला पोखरा, धनुषालगायतका ठाउँहरुमा बालिका र वृद्धा बलात्कार भइरहेका छन् ।

अधिकारकर्मीहरुले कडा कारवाहीको नभएकैले बलात्कारका घटना बढिरहेको भन्दै फासिको सजाय हुनु पर्ने बताउँदै आएका छन् । यसैबीच सामाजिक संजालमा एउटा भिडियो भाइरल भएको छ ।

खुला चौरमा स्थानीयले बलात्कारीका हातखुटा समातेका छन् भने दुई जनाले लाठीले कोदो चुटेझैं कुटिरहेका छन् । उनी बालिका बलात्कारी भएको बताइएको छ ।

दृश्य नेपालको होइन जस्तो लागेपनि कुन देशको हो भन्ने पनि छुट्याइएको छैन । तर, बलात्कारीलाई भने हदैसम्मको सजाय दिएको देखिएको छ । हुन बलात्कारीर्ला फासीको सजाय पनि धेरै देशमा छ तर त्यहाँ बर्दीधारी कोही छैनन् । यसले जनस्तरबाटै कारवाहीको अनुमान लगाउन सकिन्छ ।

भिडियो हर्न यहाँ क्लिक गर्नुहोस् 
https://www.facebook.com/onlinedabali/videos/283296352514749/

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]