Dabali News

Ad

राजधानीको माग राखी आन्दोलन चर्किरहेको बेला प्रचण्डको घोषणाः राजधानी चितवनमा

२१ पुस

चितवन । सरकारले सातै प्रदेशका अस्थायी राजधानीको खाका तयार गरेसँगै देशका विभिन्न ठाउँहरुमा आन्दोलन सुरु भएको छ । केही ठाउँमा चुनावको बेला नेताहरुले जनतालाई राजधानीको सपना बाडेका कारण आन्दोलन भएका छन् भने केही ठाउँमा भौतिक संचरना भएर पनि सरकार अन्यय गरेको छ ।

यसैबीच नेपका (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले चितवनलाई राजधानी बनाउने घोषणा गरेका छन् । प्रदेश राजधानीको माग गरिरहेपनि शुक्रबार यहाँ आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले चितवनलाई आर्थिक राजधानी बनाउने घोषणा गरेका हुन् ।

अध्यक्ष प्रचण्डले राजनीतिक क्रान्ति सम्पन्न भएको बताउँदै अवको दशकलाई आर्थिक क्रान्तिको दशक बनाएर देशलाई समृद्ध बनाउने पर्ने बताए ।

भरतपुरमा चितवन उद्योग संघको नवौं अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले देशलाई समृद्धितर्फ लैजान नसके ठूलो दुर्घटना हुने समेत बताए ।

राजनीतिक दलहरुबीचको आपसी सहमति र समझदारीबाट संविधान निर्माण भएको बताउँदै प्रचण्डले अबको दिनमा समेत आर्थिक क्रान्तिको स्पष्ट खाका अघि सारेर काम गर्नुपर्ने बताए ।

“राजनीतिक परिवर्तन त गर्यौ, यहाँ आइपुग्यौं, अप्ठ्यारो परिस्थितिमा सहमति र समझदारीका साथ संविधान निर्माण गर्यौं, निकै ठूलो चुनौतीको सामना गर्दै सिंगो देशलाई निर्वाचनमा लैजान सफल भयौं । अब विकास निर्माणलाई गति दिन सकेनौं भने यो पार्टी, त्यो पार्टी, त्यो नेता होइन, सबैको असफलता हुनेछ” प्रचण्डले भने ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]