Dabali News

नेकपाले दल्यो रामदेवलाई कालोमोसो, यर्सागुम्बासहित चार कारण

२१ पुस

डोल्पा । नेपाल कम्युनिस्ट पार्टीले जिल्लाको शे-फाेक्सुन्डाे राष्ट्रिय निकुञ्जका अधिकृतमाथि नेकपाले कारवाही गरेको छ ।

डोल्पाको एक मात्र निकुञ्‍जमा बिगत ४ बर्षदेखि राष्ट्रिय निकुञ्ज भित्र कब्जा गरिएका महत्वपुर्ण जडिबुटी राजश्वमा दाखिला नगरी कमिसनमा विक्रिवितरण गर्न लगाएर कराेडाैं कुम्ल्याएकाे भन्दै नेकपा डोल्पाले शुक्रबार अधिकृत रामदेव चौधरीमाथि कालोमोसो दलेको हो ।

यार्सागुम्बा संकलन समयमा निकुञ्जको नियम विपरीत ठेकेदारलाई रसिद बितरण गरेकाे अार्थिक स्पष्टता प्रष्ट नपारी गैरकानुनी तवरले ब्यक्तिवाद लागू गरि काम गरेकाे भन्दै जनताहरूले बारम्बार गुनासाे गरेपछि नेकपाले चेतावनीस्वरुप उक्त कारवाही गरेको जनाएको छ ।

निकुञ्ज भित्रका टेन्डर सार्वजनिक नगरी अान्तरिक मिलाेमताेमा कमिसन खादै अाएकाे, निकुञ्ज भित्रका विविध तहका कर्मचारीमाथि शारीरिक,मानसिक र श्रम शोषण समेत गर्दै अाएकाे भन्दै कारवाही गरेकाे नेकपाले जनाएकाे छ ।

चौधरीमाथिको कारवाही अनियमितता गर्ने, भ्रष्टचारी, कमिसनखोर र सबै दलालहरुका लागि पनि चेतावनी भएकोले अन्य इमान्दार कर्मचारी र जनताहरूलाई भने उत्साहित हुन् नेकपाले अपिल गरेको छ ।

शुक्रबार नेकपा डोल्पाका जिल्ला सेक्रेटरी राजेशले एक विज्ञप्ति जारी गर्दै भनेका छन्,- ‘यो कारवाही डोल्पा जिल्लाको समग्र विकास र सुशासनका क्षेत्रमा गलत नियत भएका मानिसहरुलाई सच्याउन जनपक्षीय विकासको पक्ष हो ।’

सेक्रेटरी राजेशले नेकपाले सञ्चालन गरेकाे जनविरोधी, भ्रष्टचारी, कमिसनखोरी एवं राष्ट्रघातीहरुमाथिको जनकारवाही अभियानलाई सहयोग गर्न पनि सबैमा अपिल गरेका छन् ।

नेकपाले अधिकृत चौधरीको कार्यालयमै पुगेर उनीमाथि कालोमोसो दलेको हो ।

चौधरीमाथि कारवाही गर्नुका ५ कारण

१) शे फाेक्शुन्डाे राष्ट्रिय निकुञ्जभित्र कब्जा गरिएका महत्वपुर्ण जडिबुटी राजश्वमा दाखिला नगरी बिक्रि गर्न लगाएर कमिसनमा खाने गरेकोले ।
२) यार्सागुम्बा संकलनका समयमा निकुञ्जको नियमविपरीत ठेकेदारलाई रसिद बितरण गरी तथा अार्थिक स्पष्टता नगरि गैरकानुनी तवरले ब्यक्तिवाद लागू गरेकाेले ।
३) निकुञ्ज भित्रका टेन्डर सार्वजनिक नगरी अान्तरिक मिलाेमताेमा कमिसन खादै अाएकाेले।
४) निकुञ्ज भित्रका विविध तहका कर्मचारी माथि शारीरिक,मानसिक र श्रम शोषण गर्दै अाएकाेले।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]