Dabali News

समृद्ध नेपाल निर्माणमा एकजुट हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान

२७ असोज

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अघि सारेको समृद्ध नेपाल निर्माण अभियानमा एकजुट भएर लाग्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।

विजयादशमी, दीपावली, नेपाल संवत् ११३९ र छठ पर्वको अवसरमा काठमाडौँ महानगरपालिका वडा नं.४ ले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले आर्थिक विकाससँगै समृद्ध नेपाल निर्माणमा लाग्न सबैसँग अपिल गरेका छन् ।

विविध जातजाति, भाषाभाषी, रहनसहन, संस्कृति भएको देश नेपालमा सामाजिक सद्भाव बचाउने गरी चाडपर्व मनाउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।

त्यस्तै प्रदेश नं.३ का प्रदेशसभा सदस्य नारायण सिलवालले जनताको भावनाअनुसार तीनवटै तहका जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए । वडा अध्यक्ष मोहनबहादुर विष्टले आफ्नो वडाले अहिलेसम्म बाटो निर्माण, पार्कहरूको निर्माण, ढल व्यवस्थापनलगायत विविध स्थानीय समस्या समाधान गरेको बताए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]