Dabali News

प्रदेश सांसद मगर दुर्घटनामा परी घाईते

२७ असोज

उदयपुर । प्रदेश सांसद नारायण बुर्जामगर दुर्घटनामा परी घाईते भएका छन् ।

शुक्रबार राति उनी सवार मोटरसाईकल अर्को मोटरसाईकलसँग ठक्कर खाँदा ५४ वर्षिय सांसद घाईते भएका हुन् ।

स ४ प ४९१६ नं। को मोटरसाईकलमा बजारदेखि घरतर्फ जाँदै गरेका उनी सवार मोटरसाइकल बिपरित दिशाबाट आईरहेको बा ४० प ७८६ नं। को मोटरसाईकलसँग ठक्कर खाएको थियो ।

सांसद मगरको बाँया खुट्टाको माईली औंला भाँच्चनुका साथै दुवै घुँडा र दुवै हातमा चोट लागेको छ भने टाउकोमा हल्का चोट लागेको बताइएको छ । उनको उदयपुर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि शुक्रबार राति नै विराटनगर रेफर गरिएको अस्पतालका डा। विशाल देवले बताए ।

प्रहरी नियन्त्रणमा रहेका अर्का मोटरसाईकल चालक रौतामाई गाउँपालिका ४ का २७ वर्षिय मोहन राउत पनि सामान्य घाईते भएका छन् । उनलाई पनि जिल्ला अस्पतालमै उपचार गरिएको र स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]