Dabali News

Ad

मेयर रेणु दाहालको निर्देशनमा नयाँ शक्तिका दलित नेतामाथि डोजर ! (हेर्नुहोस् भिडियो)

२१ पुस

चितवन । सडक विस्तारको क्रममा भरतपुर महानगरपालिकामा नयाँ शक्तिका नेतालाई डोजरले पेलेको छ । विना जानकारी आफ्नो जग्गामा डोजरले हान्न थालेपछि विरोधमा उत्रेका नयाँ शक्तिका नेता तुलाराम विश्वकर्मामाथि डोजर आक्रमण भएको हो ।

चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका नेता विश्वकर्मामाथि भरतपुर महानगरपालिका २१ कालिकाचोकमा सडक निर्माण कम्पनीले डोजरले आक्रमण गरेको बताइएको छ । नेता विश्वकर्मा घाइते भएका छन् ।

आफ्नो जग्गामा डोजरले हान्न थालेपछि बुझ्न भनेर नजिक गएको अवस्थामा नेता विश्वकर्मामाथि डोजर लगाइएको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयले नेता विश्वकर्मालाई बचाएका थिए ।

“हामीलाई जानकारी नदिइ जग्गामा डोजर लगाउन थालियो । मैले बुझ्नका लागि डोजर भएतिर जाँदा मलाई उचाल्ने र पछार्दै पेल्न खोजियो” घाइते विश्वकर्माले भने । उनले प्रहरीले समेत आफ्नो कुरा नसुनेको गुनासो गरे ।

नेता विश्वकर्मालाई डोजर लगाउँदै गर्दा उनकी श्रीमती भने ठूलो स्वरले गराउँदै गरेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा डोजरले नेता विश्वकर्माले लछारपछार गरेको समेत भिडियोमा देखिएको छ ।

बारम्बार डोजरले उनलाई हान्दा अन्य व्यक्तिले बचाउन तानेको पनि भिडियोमा देखिन्छ । रोयल बिल्डर्स कम्पनिको डोजरले आफूमाथि आक्रमण गरिएको तुलारामले बताएका छन् ।

नयाँ शक्ति चितवनले मेयर रेणु दाहालको निर्देशनमा नेता विश्वकर्मामाथि डोजर लगाइएको बताएका छन् ।

भिडियो हेर्नुहोस्

नयाँ शक्तिका दलित नेतामाथि यसरी लगाइयो डोजर

नयाँ शक्तिका दलित नेतामाथि यसरी लगाइयो डोजर

Posted by Online Dabali on Friday, January 5, 2018

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]