Dabali News

फर्केर दशैं मनाउँने भन्दै हिमाल चढ्‍न गएका ८ जनाको पहिरोमा परी मृत्यु

२७ असोज

काठमाडौँ । हिमाल आरोहण गएका ८ जनाको मृत्यु भएको छ । म्याग्दीको गुर्जा हिमाल चढ्न गएका अर्का एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा पाँच जना कोरियन नागरिक भएको बताइएको छ ।

काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका मध्ये एक जना बेपत्ता भएका छन् । हिम पहिरोमा परी मृत्यु भएको हो म्याग्दी प्रहरीले बताएको छ ।

घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ । शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ ।

गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।

गुर्जा ६ हजार ४६५ मिटर अग्लो छ । फर्केर दशैं मनाउने भन्दै उनीहरु अारोहणमा गएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]