Dabali News

Ad

किम जोङ अमेरिकासँग कडा र दक्षिण कोरियासँग नरम, अर्को हप्‍ता उच्चस्तरिय वार्ता हुँदै

२१ पुस

काठमाडौँ । उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता हुने भएको छ । दक्षिण कोरियालीको वार्ता प्रस्ताव उत्तर स्वीकार गरेपछि अर्को हप्ता दुबै देशका अधिकारीहरुबीच वार्ता हुने भएको हो ।

नयाँ वर्षको शुभकामना सन्देशको क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले दक्षिणसँग वार्ता गर्ने संकेत गरेका थिए । त्यसको लगत्तै दक्षिणले वार्ता प्रस्ताव गरेको थियो ।

आगामी फेब्रुअरीमा दक्षिण कोरियाको प्योङचाङमा हुने शीतकालिन ओलम्पिक खेलमा उत्तर कोरियाली खेलाडीहरु भाग लिने वा नलिने भन्ने विषयमा पहिलो चरणको वार्ता केन्द्रीत हुने बताइएको छ ।

जनवरी ९ मा हुने वार्ता दुई देशको सीमामा रहेको पानमुनजोममा बस्ने अनुमान गरिएको छ । डिमिलिटराइज्ड जोनमा रहेको यसलाई यसलाई पिस भिलेज पनि भनिन्छ । यहाँ यसअघि पनि दुई देशबीच विभिन्न चरणमा वार्ता भएका थिए ।

दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका एक कर्मचारीका अनुसार दुई देशबीचको वार्ता प्योङचाङ ओलम्पिक खेलमै केन्द्रीत हुनेछ । तर, दक्षिण कोरियाली योनहाप न्युज एजेन्सीले दुई देशको सम्बन्ध सुधारका विषयमा पनि छलफल हुनसक्ने उल्लेख गरेको छ ।

सन् २०१५ को डिसेम्बर पश्चात दुई देशबीच पहिलो पटक हुन लागेको वार्तामा को को सहभागी हुने छन् भन्ने खुलाइएको छैन ।

यो वार्ताले उत्तर कोरियालीमा एकताको भावको विकास गराउने विश्वास गरिएको छ ।

उत्तर कोरियाले अमेरिकासँग कडा र दक्षिणसँग नरम नीति लिएको अनुमान गरिएको छ ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]