Dabali News

अपडेटः दशैंको मुखमा सिन्धुली र नुवाकोटमा बस दुर्घटना, तीन जनाको मृत्यु, ४२ जना घाइते

२६ असोज

काठमाडौँ । दशैंको मुखमा सिन्धुली र नुवाकोटमा बस दुर्घटना भएका छन् ।

काठमाडौँबाट बर्दिबास जाँदै गरेको बस सिन्धुलीको सुनकोशी नदीमा खस्दा १ जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा पर्ने रिठ्ठेभीरबाट यात्रुबाहक बस सुनकोशी नदीमा खसेको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् । जसमा ४ जना गम्भीर घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी टोली र स्थानीय पुगिसकेका छन् । स्थानीयका अनुसार घटनास्थलमा ८ जनाको शव देखिएको छ भने कतिको मृत्यु भएको हो भन्ने एकिन हुन सकेको छैन ।
गाडी टुक्राटुक्रा भएको छ । बसमा कति यात्रु सवार थिए र कति हताहती भन्ने बारे पूर्ण विवरण आउन बाँकी छ ।

यसैबीच नुवाकोटको राउतवेशीबाट काठमाडौंका लागि छुटेको यात्रुबहाक बस सुर्यगढी गाउँपालिका ५ छेडिखोलामा दुर्घटना भएको छ ।

बा.१ ख ६३५६ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३५ घाइते भएका छन् । मृतकको सनाखत हुन बाँकी नै रहेको नुवाकोट प्रहरीले बताएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]