Dabali News

७ वर्षीय बालिकालाई बलात्कार गर्ने १८ वर्षीय युवकलाई फासी

२० पुस

काठमाडौं । सात वर्षीय वालिकालाई बलात्कारपछि हत्या गर्ने एक युवकलाई फासीको सजाय दिइएको छ । उनलाई बिहीबार झुण्ड्‍‍‍यार फासी दिइएको हो ।

यो घटना इरानको हो । इरानी संचारमाध्यमहरुका अनुसार अमिर होसिन् पि नाम गरेका युवकले अफगानिस्तानकी बालिकालाई अपहरण गरेर बलात्कार पछि हत्या गरेका थिए । घटना सार्वजनिक भएपछि इरानमा राष्ट्रिय रुपमा नै शोक छाएको थियो ।

सन् २०१६ को अप्रिल महिनामा अफगान बालिका सत्यस गोर्सेईलाई सो १७ वर्षीय युवकले अपहरण गरी बलात्कारपछि हत्या गरी फरार थिए । बालिकालाई मृत अवस्थामा भेटिएको थियो ।

ती बालिकाका परिवारले उनका हत्यारालाई मृत्युदण्डको सजाय माग गरेका थिए । अदालतले पनि बालिकाको हत्यारा सोही व्यक्ति भएको प्रमाणित भएपछि उसलाई मृत्युदण्डको सजाय दिने फैसला गरेको थियो ।

उनी बलात्कारी र हत्यारा भएको पुष्टी भएपनि १८ वर्षमुनीका नागरिकलाई मृत्युदण्ड दिन नपाइने कानुनी व्यवस्था छ । त्यसैले सो व्यक्तिले ती बालिकालाई बलात्कार र हत्या गरेको प्रमाणित पहिले नै भएको भए पनि १८ वर्ष नपुग्दासम्म यो सजायँ दिइएको थिएन ।

इरानमा हत्या, बलात्कार, लागूऔषधका कारोबारीलाई मृत्युदण्डको सजाय दिने कानुनी व्यवस्था छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]