Dabali News

मिथिलाको साँस्कृतिक झलक प्रदर्शन गर्ने झिझियामा झुम्दै दलित महिलाहरू

२६ असोज

धनुषा । घैलाको चारैतिर प्वाल, घैलाभित्र बलिरहेको दियो, जनकपुर उपमहानगरपालिका-७ जानकी नगरकी ५० वर्षिृय समुन्द्री सदा त्यही घैला टाउँकोमा राखेर मध्यरातसम्म नाच्छिन् ।

‘तोहरे भरोसे ब्रम्हबाबा झिझिया बनेलियै हो । ब्रम्हबाबा झिझिया पर होइयो ना सबार’ निरन्तर बजिरहने यही गीतमा सदासँगै उनको संगिनीहरू नाचिरहेको हुन्छ । मिथिलाञ्चलमा घटस्थापनादेखि झिझिया नृत्य सुरु भएको छ ।

दसैंसम्म नाचिने यो नृत्यले भुतप्रेतलाई भगाउन विश्वास रही आएको छ । माटोको भाँडोमा आगो बालेर छमछम नाचेर झिझियाको माहोल तताउनेमा ३० वर्षिय ललिता सदा पनि हुन् । झिझिया नृत्य हेर्न स्थानीयको घुइँचो लाग्छ । दर्शकले नृत्य टोलीलाई नगद पुरस्कार दिएर मनोबल बढाउँछ ।

जनकपुरको जानकी नगरका मुसहर समुदायलाई दसैंको चटारो छ । उनीहरू दिउँसो काम सकाएर घर आएर झिझियाको तयारी गर्छन् । सकालै खाना खाएर झिझिया नाच नाच्न भेला भएर जनकपुरको शक्ति पीठहरूमा नाच्न भ्यानभ्याइ छ । जनकपुरको भ्रमरपुरा चोक, रामानन्द चोक, रजौल, राजदेवी मन्दिर, बंशि चोक र मुरली चोकमा झिझिया नाच्न उनिहरू जुटेका छन् ।

आगो बलेको माटोको घैटो टाउको राखेर समुहमा नाच्ने परम्परालाई झिझिया नाच भनिन्छ । नृत्य गर्ने महिलाको टाउकोमा रहेको घैंटोको प्वाल बोक्सीले गन्ती गर्न सफल भयो भने ती महिलाको तत्काल मृत्यु हुने जन विश्वासको कारण घैंटो बोकी नाच्ने र गाउने महिला फनफनी नाची रहेको दृश्य हेर्न मनमोह हुन्छ ।

विजया दशमीको शुरुवातसंगै मधेशको गाउँ-गाउँ शहर शहर र टोल-टोलमा झिझिया नृत्य शुरु भएको छ । मध्यरातमा सुरीलो स्वरमा गाइने झिझिया गितले मधेसमा चाडपर्वको रौनकता बढाएको छ । लोक परम्परा अनुसार दलित महिलाले नाच्ने झिझियाले दशैको रौनकता बढाएको छ ।

दशैंको आगमन संगै बोक्सीलाई गाली गर्ने मधेसको अनौठो तथा ताान्त्रिक नृत्य झिझिया हो । विशुद्ध तान्त्रिक बिधिमा आधारित झिझिया नृत्यले गर्दा अहिले मिथिलाञ्चले नै लय र तालको मधुर नृत्यमा झुमेको छ ।

राति महिलाहरूले सुरिलो भाकामा गाउने दोहरी गीतको माधुर्यले त झन सुरम्य बनेको छ । मिथिलाको विशुद्ध साँस्कृतिक झलक प्रदर्शन गर्ने यस पर्वमा झिझिया नृत्यको मौलिकताले विशेष महत्व राख्ने गरेको छ ।

ग्रीष्मको बिदाइ र शीतको आगमनसँगै नवरात्रिभरि गाइने गीत र झिझिया नृत्यले दसैंमा सबैको मनलाई प्रफुल्लित र आनन्दविभोर बनाइदिने गर्दछ । मिथिलाञ्चलको पहिचान बोकेको यस नृत्यमा दलित महिलाहरूको बढी सहभागिता हुने गर्दछ ।

उनीहरू घटस्थापनाभन्दा अगाडि नै माटोको घैंटो ल्याई त्यसमा अनगिन्ती प्वाल पारी नवरात्रा प्रारम्भ भएपछि ५ देखि २५ जनाको समूहमा रही सो घैंटोहरूमा बत्ती बालेर टाउकोमा राखी छमछमी नाच्ने र गाउने गर्दछन् ।

मिथिलाञ्चलमा व्याप्त बोक्सीप्रति तीखो व्यंग्य गर्दै प्रदर्शन गरिने झिझिया नृत्यमा महिलाहरूले बत्ती बालेको घैंटो टाउकोमा राखी नाच्दै, गाउंँदै गाउँ परिक्रमा गर्छन् । महिलाहरू घरघर डुल्ने गर्दछन् । तिनीहरू जसको घरमा जान्छन् घरधनीले मटितेल वा रकम दिने परम्परा रहेको छ ।

नृत्य नै झिझियाको प्रमुख विशेषताका रूपमा मानिन्छ । बोक्सीले आफ्नो जादुको प्रयोग प्रायः मध्य रात्रि पछि गर्ने विश्वासका कारण यी नृत्य पनि मध्य रातमा प्रारम्भ हुन्छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]