Dabali News

इजिप्टमा १७ जनालाई मृत्युदण्ड

२६ असोज

काठमाडौं । बम अाक्रमणमा दोषी ठहर गर्दै इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला गरेको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चमा बम विस्फोट गराएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्युदण्डको सजाय तोकिएको हो । इस्लामिक स्टेट (आइएस) लडाकूका नाममा गराइएको विस्फोटमा परी दर्जनौंको मृत्यु भएको थियो ।

घटनामा दोषी पाइएका अरु १९ जनालाई आजीवन काराबासको सजाय तोकिएको छ भने दश जनालाई दशदेखि १५ बर्षसम्मको जेल सजाय तोकिएको छ ।

न्यायिक तथा सुरक्षा अधिकारीहरूले दिएको जानकारी अनुसार कायरोमा सन् २०१७ र २०१६ मा गराइएका विस्फोटका घटनामा परी ७४ जनाको मृत्यु भएको थियो । सन् २०१६ को डिसेम्बर ११ तारिखका दिन कायरोको मूख्य भागमा पर्ने सेन्ट पिटर र सेन्ट पाउल चर्चमा भएको आत्मघाती हमलामा २९ जनाको मृत्यु भएको थियो । त्यस्तै सन् २०१७ को अप्रिलमा दुई चर्चमा भएको हमलामा ४५ जना मारिएका थिए ।

इजिप्टमा क्रिश्चियन धर्माबलम्वीहरुले प्रार्थना गर्ने चर्चहरुमा बेला बेलामा आइएस लडाकूहरुले आक्रमण गर्ने गरेका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]