Dabali News

एमाले-काँग्रेस मिलेर सरकार बनाउने कसरत सुरु, दोस्रो बैठकको मिति तय

२० पुस

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकताले अन्तिम रुप ग्रहण गर्न सकेको छैन । स्थिर सरकार र पार्टी एकता मुख्य नारा लिएर चुनावमा होमिएका दुबै पार्टीले सन्तोषजनक परिणाम पनि हात पारेका थिए । तर, जसरी सबै नेता एक स्वरका साथ चुनावमा गएका थिए त्यो चुनावपछि हुन सकेको छैन ।

मुख्यगरी अध्यक्ष केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै नछोड्ने संकेत गरेपछि चुनाव लगत्तै एमाले नेताहरुले उक्त कुरा बोलेका थिए । त्यसपछि माकेका नेताहरु सशंकित भएका थिए । एमाले महासचिव इश्वर पोखरेलले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै ओलीले नै हुनेपछि एकता सम्बन्धी बहस नयाँ चरणमा प्रवेश गरेको थियो ।

त्यसको माओवादी नेताहरुले विरोध गर्दै नेतृत्व आलोपालो वा पार्टी अध्यक्ष प्रचण्ड भएमात्रै एकता गर्न सकिने बताउँदै आएका छन् । पार्टी एकता र नयाँ सरकारबारे छलफल गर्न ओली र प्रचण्डबीच चुनावपछि दुई पटक छलफल भएको छ । तर, कुनै निष्कर्ष निस्कन सकेन ।

एमाले र माकेभित्रको विवादलाई नजिकबाट नियालीरहेको नेपाली काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै अाएको छ । काँग्रेसले माके र मधेसी दलहरुलाई सहभागी गराएर सरकार गठनको पहल पनि गरिरहेको थियो ।

सत्ता गठबन्धनको लागि प्रचण्ड केन्द्र भागमा छन् । उनलाई एमाले र काँग्रेसले आफूतिर तान्ने विभिन्न प्रयासहरु भइरहेका छन् । चुनावमा पार्टी एकताको नारा दिएका कारण एमाले र माकेलाई नैतिक दवाव परिरहेको छ ।

यसैबीच काँग्रेस र एमाले मिलेर सरकार गठनको प्रारम्भिक छलफल सुरु भएको छ । स्रोतका अनुसार बुधबार साँझ एमाले र काँग्रेसको युवा नेताहरुले दरवार मार्गको एक होटलमा उक्त छलफल गरेका हुन् । पहिलो चरणमा नेतृत्वमा देखिएको तिक्तता घटाउने र विश्वासको वातावरण तयार गर्ने, त्यसपछि नेतृत्व तहमै वार्ता र संवाद गराउने सहमति भएको छ ।

आफ्नो पार्टीको सहयोगमा प्रचण्डले चुनाव जितेको तर अहिले ठूलो भाग खोजेकोले नयाँ समिकरण आवश्यक भएको एमाले नेताहरुले छलफलमा कुरा राखेको स्रोतले बतायो । छलफलमा सहभागी एमाले नेताहरुले माकेलाई नेतृत्व दिएर पार्टी एकता तत्काल नहुने भन्दै काँग्रेस नेताहरुलाई अाश्वस्त पारेका थिए । त्यसैगरी काँग्रेस नेताहरुले सत्ता समिकरणको लागि प्रचण्ड भन्दा देउवा सहज हुने विश्वास दिलाएका थिए ।

विशेष गरी अाफ्नो नेतृत्वको सरकार ढालेदेखि नै काँग्रेससँग एमाले चिठिएको हो । त्यो कुरा पनि छलफलमा उठेको थियो । ओली नेतृत्वको सरकार ढाल्‍ने देउवाभन्दा प्रचण्डको बढी हात भएको काँग्रेस नेताहरुले बताएका थिए ।

दुबै पार्टीका युवा नेताहरुको छलफल राम्रो भएको र शुक्रबार फेरि दोस्रो बैठक बस्ने मिति पनि तय भएको छ  ।

भारतीय पक्षको चाहना पनि वाम गठबन्धन टुटाएर एमाले वा माके र काँग्रेसको समिकरणमा सरकार बनाउने भएको सार्वजनिक भइसकेको छ । नेपालकाे सत्ता समिकरणमा महत्वपूर्ण भूमिका खेल्दै अाएको रअका प्रमुख पनि नेपालमै छन् । उनले प्रचण्डलाई नयाँ निवासमै पुगेर भेटेर काँग्रेससँग मिलेर सरकारमा जान सुझाव दिएका छन् ।

एमाले-माके एकता नहुनुको कारण

एमाले र माकेबीचको गठबन्ध विचारका अाधारमा भन्दापनि कसरी चुनाव जित्‍ने उद्देश्यमा भएको कारण अहिलेको अवस्था अाएको हो । एमालेलाई पहिलो पार्टी हुनु थियो भने माकेलाई सम्मानजनक उपस्थिति । यो दुबैले पाएपछि गठबन्धनको मुख्य कार्यभार सकिएको छ । कार्यभार सकिएसँगै गठबन्धनको अावश्यकता पनि सकिन गएको छ ।

हुने भनिएको एकता पनि नेतृत्वकै कारण रोकिएको छ । मुख्या कुरा पार्टी नेतृत्व कसले गर्ने भन्‍नेमा एकता रोकिएको सजिलै देख्न सकिन्छ । एकतापछि ओलीले दुई खतरा देखेका छन् । पहिलो अाफू अल्पमतमा हुने र प्रचण्ड बहुमतमा । नेता माधव कुमार नेपाल र वामदेव गौतमले अाफूलाई भन्दा प्रचण्डलाई साथ दिने ओलीलाई डर लागेको छ । प्रचण्डको नेतृत्वमा हुने सम्भावित गुटले अाफूमाथि पेल्ने, त्यो अवस्थामा कि सहनु पर्ने कि फुट्नु पर्ने ओली पक्षले अहिले नै देखेको छ ।

त्यसैगरी पार्टीको नेतृत्व नपाएर एकता गरे एमालेले खाइदिने डर माकेलाई पनि छ । एमालेमा विलय हुने डर पनि छन् । त्यसैगरी देशभरबाट एमालेसँगको एकता सम्मानजनक हुनुपर्ने अावाज उठिरहेको छ । पार्टी अध्यक्ष नपाएर गरिएको एकता अात्मसमर्पण भएको अर्थ अाउने भएका कारण पनि माकेले नेतृत्वको दाबी गरिरहेको छ ।

दुबै पार्टीका अा-अाफ्नै संका र चिन्ताको फाइदा काँग्रेसले नउठाउला भन्न सकिदैन । बुधबारको बैठक फेरि बस्ने वातवरण बनेमा एमाले-माके एकतामा झन् दरार ल्याउनेछ । तर दुबै पार्टी एकदमै सतर्क छन् । अाफ्नो कारणले एकता प्रक्रिया रोकिएको भन्‍ने कार्यकर्ता र मतदातालाई दुबै पार्टीले देखाउन चाहेका छैनन् । माथि नेताहरुबीच विवाद जारी रहेपनि स्थानीय स्तरमा दुबै पार्टीका कार्यकर्ताहरुबीच बढेको सहकार्यले भने निकै दवाव परेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]