Dabali News

वामदेव काठमाडौँका मतादातासँग डराए, चुनाव नलड्‍ने निर्णय

२५ असोज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम काठमाडौँबाट चुनाव नलड्ने भएका छन् । क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले राजिनामा दिएको घोषणा गरेसँगै गौतमले चुनाव लड्ने भनिएको थियो । तर, गौतम पछि हटेका छन् । सामाजिक संजालमा काठमाडौं–७ कै मतदाताले गौतमविरुद्ध अभिव्यक्ति दिएसँगै उनी चुनाव नलड्ने निष्कर्षमा पुगेका हुन् ।

सांसद हुनलाई नै डोल्पादेखि दैलेख- बाँकेसम्म अाँखा पुर्‍याएका गौतम काठमाडौँका मतदातासँग डराएका छन् । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र स्यम् गौतमसँग छलफल गरेर आफूले ठाउँ खाली गरेको मानन्धरले पत्रकार सम्मेलन गरेरै बताएका थिए ।

दाहालले अगाडि सारेपनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा भने गौतमलाई चुनाव लडाउने पक्षमा नभएको संकेत बुझेपछि गौतम आफूले नै चुनाव नलड्ने बताएको बताइएको छ ।

बुधबार साँझ र विहीबार विहान पार्टीका केही नेताहरुसँग गौतमले चुनावबारे परामर्श गरेका थिए । उनीमध्ये धेरैले चुनाव नलड्न सुझाव दिएका थिए । काठमाडौँको मतदाताको कुनै भर नहुने भएकोले हारिने खतरा बताउँदै केही सचिवालयकै नेताहरुले चुनाव नलड्न भनेका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई उम्मेदवारी बनाउने हल्लाले पनि गौतम पछि हटेको (नेकपा) कै नेताहरु बताउँछन् । गौतमले चुनाव नलड्ने सार्वजनिक रुपमै घोषणा गरेका छैनन् । पार्टीका महासचिव विष्णु पौडेलले संचारमाध्यमहरुसँगको कुराकानीमा गौतमले चुनाव नलड्ने जानकारी गराएका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]