Dabali News

इन्डोनेसियाको तटीय क्षेत्रमा फेरि भूकम्प, ३ जनाको मृत्यु

२५ असोज

काठमाडौं । इन्डोनेसियाको तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६.० म्याग्निच्युडको भूकम्पमा परी ३ जनाको मृत्यु भएको छ ।

त्यस भूकम्पबाट पूर्वी जाभाको सुमेनेप जिल्लाका आवासीय भवनहरु भत्किएका र त्यसबाट ३ व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी दिएका छन् ।

इन्डोनेसियाको पालु शहरमा गत सेप्टेम्बर २८ मा ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भैरकेको छ । साथै सो भूकम्पमा परी करिब ५ हजार मानिस हराईरहेको बताइएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]