Dabali News

आज नेप्से १० अंकले बढ्यो

२५ असोज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको कारोबारको अन्तिम दिन आज करिब १० अंकले बढेको छ भने कुल कारोबारमा सामान्य वृद्धि आएको छ ।

बिहीबार नेप्से ९.९५ अंकले बढेर १२ सय २८.२८ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेप्सेका अनुसार सेन्सेटिभ इन्डेक्स २.३अंकले बढेको छ । १६५ कम्पनीको ८ लाख ६२ हजार ३६८ कित्ता शेयरहरु २५ करोड २२ लाख ९१ हजार ५४० रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।

ंसमूहगत कारोबारतर्पm होटल र उत्पादनमूलक बाहेक सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन विमा समूहको ४९.४३ अंकको बृद्धि भएको छ भने बैंकिङ समूह १२.२७ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै मेघा बैंकको १ करोड ६४ लाख ४४ हजार रुपैयाँ र एनआईसी एसिया बैंकको १ करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]