Dabali News

चिनीको मूल्यवृद्धि अनुसन्धानको सिफारिस गर्न आयोगलाई उप-समितिको सुझाव

२५ असोज

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उप-समितिले चिनीको मूल्यमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न सुझाव दिएको छ ।

लेखराज भट्टको संयोजकत्वमा बनेको उप-समितिले बिहीबार लेखा समितिका सभापति भरत शाहलाई अध्ययन प्रतिवेदन बुझाउँदै सुझाब दिएको हो ।

साथै समितिले सरकारले चिनीमा लगाएको परिमाणत्मक बन्देजको कोटा खारेज गर्न पनि निर्देशन दिएको । अर्थ मन्त्रालयमार्फत सरकारलाई वार्षिक १ लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने सुझाब दिएको हो ।

मन्त्रीपरिषदले स्वदेशी उद्योलाई प्रवद्र्धन गर्न भन्दै वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गत महिना गरेको थियो । निर्णय लगत्तै बजारमा चिनीको भाउ ह्वातै बढेको थियो ।

यसबारे छानविन गर्दै लेखा समितिले उप समिति गठन गरेको थियो ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]