Dabali News

Ad

डा. बस्नेत अमेरिका बसेर जाजरकोट जिल्ला अस्तालको जागिर खान्‍छन्

१९ पुस

जाजरकोट । सुन्दै अचम्म लाग्ने अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला ? सहजै उत्तर हुन्छ सम्भव छैन् तर सरकारी अस्‍पतालका एक जना डाक्टरले त्यही गरेका छन् ।

जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डा. निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर जाजरकोटको जागिर गरिरहेको पाईएको छ । उनले सेवा सुविधा लिइरहेका छन् ।  स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा यस्तो अनियमितता फेला परेको हो ।

डा. बस्नेत गत बर्ष अमेरिका प्रस्थान गरेका हुन् । २०७३ सालको अन्त्यसम्म उनको साढे १९ दिन विरामी विदा थियो । २०७४ बैशाखदेखि यता दुई पटक आएर हाँजिर गरेर उनि पुनः अमेरिका फर्किएका छन् । यस बर्ष बैशाख २५ देखि जेठ ४ गतेसम्म ११ दिन हाजिर गरेर फर्किएका थिए । पुनः कार्तिक ६ गतेदेखि हाजिर भएका उनी २१ गते सम्म १६ दिन जिल्ला अस्पतालमा बसेर काम गरेको हाजिरी रेकर्डमा उल्लेख छ ।

अवधीमा घरविदा, सट्टा विदा, काज, बाटो म्याद उल्लेख गरेर हाजिरी किताब भरेका छन् । घर विदा लिई सकेपछि फेरी हाजिर भएपछि मात्र अर्को घर विदाको बाटो म्याद लिन पाईन्छ तर डा. बस्नेतले कार्यालय प्रमुख डा. चाँदनी जैसवाल सँगको मिलेमतोमा जथाभावी काज र बाटो म्याद स्वीकृति गराएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]