Dabali News

Ad

नयाँ शक्ति बैठकमै फुटको संघारमा, माओवादी केन्द्रसँग एकता गर्न दवाव

१९ पुस

पोखरा । यहाँ जारी नयाँ शक्तिको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने आवाज उठेको छ । पुस १७ गतेबाट सुरु भएको बैठकमा बोल्ने अधिकांश नेताहरुले माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । उनीहरुले वाम गठबन्धनबाट बाहिरने निर्णय गलत भएको धारणा समेत राखेका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार माओवादी केन्द्रसँग एकता गर्ने निर्णय नगरे आफूहरुले अलग ढंगले सोच्ने बताए । संयोजक बाबुराम भट्टराईलाई पार्टी एकताको लागि प्रचण्डसँग छलफल अगाडि बढाउन बैठकमा बोल्ने अधिकांश नेताहरुले दबाब दिएका छन् ।

चुनावको अगाडि भएको वाम गठबन्धबाट बाहिरिएसँगै नयाँ शक्तिमा दुई धार देखिएको थियो । अधिकांश नेताहरुले वामपन्थीसँग चुनावी तालमेल गर्नुपर्ने बताउँदै आएको थियो । गठबन्धनबाट भट्टराई पछी हटेपछि नयाँ शक्तिका नेता र उम्मेदवारहरुले पार्टी परित्याग गर्दै माओवादी केन्द्र र एमालेमा प्रवेश गरेका थिए ।

पहिलो चरणको चुनाव लगत्तै केन्द्रीय सचिवालय सदस्य डा. जनकराज शाहले कैलाली पुगेर वाम गठबन्धसँग सहकार्य गर्नुपर्ने बताएका थिए । उनले पहिलो चरणमा मात्रै काँग्रेस तालमेल भएको भन्दै नयाँ शक्तिका सबै नेता कार्यकताहरुलाई माओवादी केन्द्रलाई मतदान गर्न आह्वान समेत गरेका थिए ।

संयोजक डा. भट्टराईले उठाउँदै आएको आर्थिक समृद्धिको नारा ठिक भएको तर उनको नेतृत्व क्षमताका कारण सम्भव नभएको नयाँ शक्तिका नेताहरुले बताउँदै आएका छन् । त्यो बहस केन्द्रीय समिति बैठकमा पनि उठाइएको छ । “बाबुरामले उठाएको आर्थिक समृद्धिको नारा ठिक छ तर उहाँको नेतृत्वमा त्यो सम्भव छैन, त्यो नारा पूरा हुन माओवादीसँग एकता नै अनिवार्य छ” एक नेताले बताए ।

वाम ध्रुबिकरणको विपक्षमा गएको भन्दै चुनाव अगाडि संगठन विभाग प्रमु्ख देवेन्द्र पौडेलको नेतृत्वमा हजारौं नेता–कार्यकर्ता माओवादी केन्द्रसँग ध्रुविकरण भएका थिए ।

जारी बैठकले पार्टी एकताको लागि ठोस निर्णय नगरे फेरि त्यही स्थतरको विभाजन हुने स्रोतको दाबी छ ।

देशभरबाट कार्यकर्ताको दवावपछि डा. भट्टराईले केही दिन पहिलेमात्रै माके अध्यक्ष प्रचण्डलाई भेटेका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]