Dabali News

अमेरिकामा सय वर्षपछिको शक्तिशाली आँधी कम्तिमा १३ जनाको मृत्यु

२५ असोज

काठमाडौं । मध्य अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

अमेरिकाको उत्तर-पश्चिम राज्य फ्लोरिडालाई सबैभन्दा बढी प्रभावित पार्ने गरी आएको माइकेल नामक आँधीले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।

आँधीका कारण होन्डुरसमा ६ जना, गिकारागुवामा ४ जना र एल साल्भाडोरमा ३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । फ्लोरिडा हुँदै आएको आँधीले अलबामा र जर्जियालाई पनि प्रभावित पारेको छ ।

प्रतिघण्टा २ सय किलोमिटरको गतिमा आएको आँधीले त्यहाँका सयौं घरमा क्षति पुर्याएको छ । रुखहरु ढल्दा यातायात अबरुद्ध भएको छ । फ्लोरिडाका मात्रै ३ लाख ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

फ्लोरिडाको इतिहामै सय वर्षपछिको शक्तिशाली आँधी भएको अधिकारीहरुले जनाएका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]