Dabali News

निलम्बित प्रहरीलाई थप कारबाही गर्न हिरासतमा राखेर अनुसन्धान गर्र्न माग

२५ असोज

कञ्चनपुर । बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका निलम्बित प्रहरीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग गरिएको छ ।

तत्कालीन एसपी डिल्लीराज विष्टलगायतका प्रहरीहरु र शंकाको घेरामा रहेका बम दिदी-बहिनीमाथि कारबाही अघि बढाउन राष्ट्रिय मानवअधिकार आयोगलेसमेत निर्देशन दिएको छ ।

निर्मला हत्याको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले कञ्चनपुरको तत्कालीन प्रहरी टोलीमाथि गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको हो ।

यता, राष्ट्रिय मानवअधिकार आयोगले ‘तत्कालीन जिल्ला प्रहरी प्रमुख घटनास्थलमा आफैं उपस्थित नभई आवश्यक सूचना प्रवाह तथा समन्वय गरेको नपाइएकाले निजमाथि थप अनुसन्धान गर्नुपर्ने’ निर्देशन दिएको छ ।

आयोगले रोशनी र बबिता बमलाईसमेत शंकाको घेरामा राखेर अनुसन्धान गर्न सरकारलाई भनेको छ ।
यता, प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललेसमेत कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टले अनुसन्धानमा ध्यान नदिई प्रमाणलाई नस्ट गरेर अनुसन्धान नै प्रभावित गराउने गैरकानुनी काम गरेको स्वीकारेका छन् ।

उनीहरुलाई निलम्बन मात्र गर्दा अनुसन्धान प्रभावित हुन सक्ने आशंका सर्वत्र गरिएको छ । तर, प्रहरी प्रवक्ता शैलेश थापा क्षत्री भने उनीविरुद्ध यथेस्ट प्रमाण जुटेपछि मात्रै थप कारबाही अघि बढाउन सकिने बताए ।

प्रतिवेदनमा शंकास्पद भनिएका रोशनी बम र बबिता बम प्रहरी हिरासतबाट छुटेलगत्तै आफ्नो घर दार्चुला पुगेका छन् । उनीहरुलाई कञ्चनपुर ल्याएर थप अनुसन्धान गर्नेतर्फ प्रहरीले कुनै चासो नदेखाएको आरोप पीडित पक्षले लगाउँदै आएको छ ।

अपराधमा संलग्न भएको ठोस प्रमाण नभेटिएसम्म थुनामा राख्न नमिल्ने वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]