Dabali News

नेपालको लगातार पाँचौ जित, चीन १० विकेटले पराजित

२५ असोज

काठमाडौं । विश्वकप टी-ट्वेन्टी छनोट क्रिकेटमा नेपालले लगातार पाँचौ जित हात पारेको छ ।

मलेसियामा जारी प्रतियोगितामा शत प्रतिशत विजयी यात्रा बनाएको नेपालले आज कमजोर प्रतिद्वन्द्वी चीनलाई १० विकेटले हराएको हो ।

क्वालालम्पुरमा भएको खेलमा चीनले दिएको २७ रनको सामान्य चुनौती नेपालले जम्मा ११ बल खेल्दै विना कुनै विकेटको नोक्सानीमा पूरा गर्यो । नेपालको लागि बिनोद भण्डारीले ८ बलमा अविजित २४ रनको योगदान दिए । उनले ३ चौका र एक छक्का प्रहार गरेका थिए ।

यसअघि खेलमा टस हारेर पहिले व्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुनुपूर्व २६ रन मात्रै बनाउन सक्यो । चिनियाँ ईनिङ ध्वस्त पार्न नेपालका सन्दिप लामिछाने, बसन्त रेग्मी र ललित राजवंशीले ३-३ विकेट लिए ।

एक जना खेलाडी रनआउट भएका थिए । कमजोर प्रतिद्वन्द्वी चीनविरुद्ध नेपालले ९ रन अतिरिक्त दिएको थियो । जारी प्रतियोगितामा चीन सबैभन्दा कमजोर देखिएको छ । उसले खेलेका सबै ५ खेल हारेको छ ।

सबै ५ खेल जितेको नेपालले भने समूहको अन्तिम खेलमा शुक्रवार सिंगापुरको सामना गर्नेछ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]