Dabali News

नेपालमाथि नाकाबन्दी लगाएका मोदीले ट्रम्पको प्रतिबन्द खेप्नुपर्ने

२५ असोज

काठमाडौँ । भारतमाथि नाकाबन्दी लाग्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि चाँडै नै प्रतिबन्ध लगाइने घोषणा गरेका छन् । भारतले रुससँग हतियार खरिद गरेपछि अमेरिकाले भारतमाथि प्रतिबन्दको तयारी गरेको हो ।

अघिल्लो साता रुससँग एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली भित्र्याउने सम्झौता गरेको भारतले अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने भएको छ । अमेरिकाले यसअघि नै भारतलाई रुससँग त्यस्तो सम्झौता नगर्न चेतावनी दिएको थियो । अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा सैन्य सम्झौता गरेका थिए ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ट्रम्पले भारतमाथि ‘काटसा’ कानून उल्लंघन गरेको आरोप लगाउँदै त्यसको परिणाम भारतले चाँडै नै थाहा पाउने बताए । उक्त कानुन अन्तर्गत रुससँग हतियार खरिदमा भारतलाई छुट दिने अधिकार राष्ट्रपति ट्रम्पसँग मात्र छ । ट्रम्पले त्यस्तो छुट भारतलाई नदिइने बताए ।

“भारतले चाँडै नै थाहा पाउने छ, तपाईहरुले चाँडै नै देख्नुहुने छ” ट्रम्पले भारतमाथि प्रतिबन्द लगाउने संकेत गर्दै भने । अमेरिकी प्रतिबन्धका बाबजुद इरानसँग तेल खरिदका लागि भारतले देखाएको अग्रसरताका बारेमा पनि उचित समयमा उचित निर्णय लिइने बताए ।
अमेरिकाले यस्ता कानुन उल्लंघन गर्ने मुलुकमाथि राजनीतिक, आर्थिक प्रतिबन्धहरु लगाउने गरेको छ । भारतमाथि अमेरिकाले कस्तो प्रतिबन्ध लगाउने हो भन्ने प्रष्ट भइसकेको छैन ।

नेपालमाथि नाकाबन्दी लगाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब अमेरिकी प्रतिबन्दको सामना गर्नुपर्ने अवस्था आउन लागेको छ । अमेरिकाले प्रतिबन्द लगायो भने भारतमाथि संकट पैदा हुने बताइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]