Dabali News

Ad

हलेसीको अागलागी नियन्त्रण बाहिर

१८ पुस

खोटाङ । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा भीषण आगलागी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राईको घरबाट शुरु भएको आगोले अहिले भीषण रुप लिएको छ ।

आगलागीबाट उचितबहादुर राई, प्रकाचन्द्र गिरी, तम्बराज राईलगायतको घर नष्ट भइसकेको घटनास्थल खटिएको प्रहरीले जनाएको छ । भान्छामा प्रयोग गरिने ग्याँस पड्किएपछि सल्किएको आगो नियन्त्रण बाहिर गएको प्रहरीले बताएको छ ।

साँझ करिब साँढे ७ बजेदेखि शुरु भएको आगो इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासीले नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रण बाहिर गएपछि रुपाकोट मझुवागढी नगरपालिकाबाट दमकल पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिए । ।

दिक्तेलबाट दमकल आइपुग्न कम्तिमा दुई घण्टा लाग्ने भएकाले आगोले ठूलो भएको अनुमान गरिएको छ ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]