Dabali News

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले गरे सीमा नाकाको निरीक्षण

२४ असोज

कैलाली । मुख्यमन्त्री त्रिलोचन भट्टले आज सीमावर्ती गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् । सुदूरपश्चिम प्रदेशको उक्त नाका हुँदै भित्रिइरहेका नागरिकहरुले झेल्नु परेको समस्याका बारेमा जानकारी लिएका छन् ।

चाडपर्वको समयमा उक्त नाका हुँदै भित्रिने नेपालीमाथि ज्यादती हुने गरेको गुनासो बढेपछि उनले आज निरीक्षण गरेका हुन् । सुदूरपश्चिम प्रदेशमा गौरीफन्टा नाका नेपालीको आवागमन हुने मुख्य नाका हो ।

वडादशैंँ र तिहार पर्व नजिकिएसँंगै यति बेला सो नाका हुँदै दैनिक ४ सयदेखि हजार नेपाली स्वदेश भित्रिइरहेका छन् । यसरी भित्रिनेसँग सीमाका अधिकारीले अनावश्यक रुपमा दुःख दिने गरेका घटना बेलाबखत हुने गरेका छन् ।

विद्युतीय रिक्सालगायतका सवारी साधनले स्वदेश फर्किने नागरिकबाट मनपरी भाडा असुल्ने गरेको गुनासो पनि बढेको छ । मुख्यमन्त्री भट्टले सीमामा आवागमन गर्नेको सहयोगका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबि) र सशस्त्र प्रहरी बलको पहलमा गौरीफन्टा सीमा नजिक स्थापना गरिएको ‘संयुक्त हेल्प डेस्क’ ले गर्ने कामका बारेमासमेत जानकारी लिए ।

उनले त्रिनगर प्रहरी चौकीमा हालै स्थापना गरिएको मलेरिया रोगको परीक्षण, उपचार तथा परामर्श सम्बन्धी ‘हेल्थ डेस्क’ को गतिविधि बारेमा पनि जानकारी लिए । कैलाली भन्सार कार्यालयको निरीक्षण गर्दै मुख्यमन्त्री भट्टले सीमामा अवैध चोरी र कारोवार रोक्न कार्यालय प्रमुखलाई निर्देशन दिए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]