Dabali News

संक्रमणकालको नाममा भ्रष्टाचार गर्ने छुट छैन : अख्तियार प्रमुख

२४ असोज

काठमाडौं । अख्यितयार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले संक्रमणकालको नाममा भ्रष्टाचार गर्ने छुट स्थानीय तहलाई नभएको बताएका छन् ।

उनले जनतासँग प्रत्यक्ष सेवा प्रवाहमा जोडिएका स्थानीय तहमा पछिल्लो समय भ्रष्टाचार र अनियमितता बढेको बताए ।

स्थानीय तहमा हुने भ्रष्टाचार तथा अनियमितताका उजुरी अत्याधिक आउने गरेको प्रसंग कोट्याउँदै उनले यो विडम्बना भएको बताए । ‘कानुन निर्माण तथा अन्य कामको चाप भएकाले संक्रमणकाल भनिएको छ ।’

अख्तियारको पोखरा कार्यालयको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै बुधबार उनले भने-‘संक्रमणकालको नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई छैन ।’ उनले स्थानीय तहको क्रियाकलापलाई नजिकबाट हेरिरहेको र यसरी अत्याधिक उजुरी आउनु पीडादायी भएको बताए ।

पहिला शिक्षाका उजुरी बढी आउने गरेकोमा अहिले स्थानीय तह अग्रस्थानमा रहेको उनको भनाई थियो । जनतासँग प्रत्यक्ष जोडिने सेवा प्रवाह दिने निकायबाट हुने यस्तो क्रियाकलापले संघीयता सफल नहुने भन्दै उनले यसमा तीनवटै सरकारको सजगता आवश्यक रहेको बताए ।

सरकारको निर्माण सम्बन्धि काममा जटील समस्या रहेको उनले बताए । ठेक्का लिने तर समयमै काम नसक्ने प्रवृति हावी भएको भन्दै यस सम्बन्धमा अब आयोग टुलुटुलु हेरेर बस्न नसक्ने जनाए । सम्झौता र शर्त पनि कानुन भएकाले त्यसलाई हुबहु कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

जनतालाई चुस्तरुपमा सेवा प्रवाह गर्नुपर्ने र यसो हुन नसके जनताले राष्ट्रसेवकलाई छुट दिइरहन्छन भन्ने नसोच्न उनले आग्रह गरे । १४ करोड ७२ लाख २६ हजार रुपैयाँको लागतमा बन्न लागेको यो भवनमा मुख्य कार्यालय भवन र थुनुवा कक्षसहित प्रहरीको छुट्टै भवन निर्माण हुनेछ ।

२०७० असोज १ मा पोखरामा अख्तियारको कार्यालय स्थापना भएको थियो । हालसम्म नयाँबजारस्थित आन्तरिक राजस्व कार्यालयको भवनमा कार्यालय रहेको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]