Dabali News

पाल्पामा बीमा शाखा कार्यालयको स्थापना

२४ असोज

पाल्पा । नेशननल लाइफ इन्स्योरेन्स कम्पनी, पाल्पा शाखाको कार्यालय तानसेनमा स्थापना गरिएको छ ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले उक्त शाखाको उदघाटन गरेका हुन् । उनले बैंक तथा वित्तीय संस्थाले परम्परागत क्षेत्रमा मात्र लगानी गरिरहेको बताए । बैंक तथा वित्तीय संस्थाले परम्परागत क्षेत्रमा नभई अब नयाँ क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले आर्थिक, सामाजिक समृद्धिका लागि सबै लाग्नुपर्ने बताए । नेशननल लाइफ इन्स्योरेन्सका प्रमुख रामचन्द्र तिवारीले बीमाको महत्वबारे प्रचार गर्न आवश्यक रहेको बताए ।

जिल्लामा ५ हजार जनाले जीवन बीमा गराएको सो शाखाका प्रमुख उमापति गैरेले बताए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]