Dabali News

युवा स्ट्राइकर विमल ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै

२४ असोज

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै छन् ।

भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा आज डेब्यु गर्न लागेका हुन् ।

अन्तिम समयमा च्यासल युथ क्लबमा अनुबन्धित भएका विमलले सोही क्लबबाट कप्तानको भूमिकासहित आज ‘ए’ डिभिजन लिगमा डेब्यु गर्ने क्लबले जनाएको छ ।

विमललाई लिन अन्य क्लबले प्रयास गरे पनि अन्तिममा विमल च्यासल गएका थिए । च्यासल युथ क्लबले आज लिगको पहिलो खेलमा मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

“राष्ट्रिय फुटबल टोलीका स्टार विमलले कप्तानको जिम्मेवारीसहित शीर्ष डिभिजनको लिगमा डेब्यु गर्ने तय भएको छ ।” क्लबका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले भने । १४ वर्षको उमेरमा बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा स्थान बनाउँदै आएका उनले राष्ट्रिय टोलीका लागि ९ गोल गरिसकेका छन् ।

उनले यसअघि २०७१ सालको राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए । एन्फाको बुटवल एकेडेमीमा २०६७ सालमा प्रवेश गरेका उनले त्यहाँ रहेर २ वर्ष प्रशिक्षण गरे ।

सन् २०१२ को एएफसी यू-१४ प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनलाई राजधानीको एकडेमीमा ल्याइयो । राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक कृष्ण थापाले १४ वर्षकै उमेरमा उनलाई राष्ट्रिय टोलीबाट खेलाएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]