Dabali News

काठमाडौं-७ मा उपनिर्वाचन गराउनेबारे स्थायी कमिटीमा छलफल गराउन माग

२४ असोज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा यतिबेला काठमाडौं क्षेत्र नं.७ मा उपनिर्वाचन गराउने प्रयासको पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद रामवीर मानन्धरले पार्टीका अर्का नेता बामदेव गौतमका लागि आफू राजीनामा दिन तयार रहेको बताएपछि बहस खुला रुपमा सुरु भएको हो ।

नेकपाका नेता तथा कार्यकर्ताहरु सामाजिक सञ्जालमासमेत यो विषयमाथिको बहसमा उत्रिएका छन् । कतिपयले बामदेव गौतमलाई काठमाडौं-७ मा उपनिर्वाचन गराएर संसदमा लैजानु आवश्यक रहेको तर्क गरेका छन् भने धेरैले ‘व्यक्तिगत स्वार्थ’ का लागि उपनिर्वाचन आवश्यक नरहने तर्क गरिरहेका छन् ।

नेकपाका नेता भीमबहादुर रावलले आवेगमा यस्तो विषयमा निर्णय नलिन पार्टी नेतृत्वलाई सचेत गराएका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘विधि, प्रक्रिया र राष्ट्रिय हितबारे पार्टी स्थायी कमिटीमा छलफल आवश्यक छ । राष्ट्रिय र पार्टी जीवनमा दीर्घकालिन प्रभाव पार्ने विषयमा छलफलविना निहीत स्वार्थ र आवेगले निष्कर्ष निकाल्ने काम कतै नहोस् ।’

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]