Dabali News

विश्वकप टी-२० क्रिकेट छनोटमा नेपाल पाँचौ खेल चीनसँग खेल्दै

२४ असोज

काठमाडौं । आज विश्वकप टी-ट्वेन्टी क्रिकेटको पाँचौ छनोट खेल नेपाल चीनसँग खेल्दैछ ।

समुहमा लगातार ४ जित हात पारेको नेपाल आज पाँचौ जितको खोजिमा छ । उता चीन भने समुहमा सबैभन्दा कमजोर देखिएको छ ।

उसले खेलेका सबै ४ खेल हारेको छ । यस्तोमा चीनविरुद्धको आजको खेल नेपालका लागि औपचारिकता मात्रै हुनेछ । हिजो भएको खेलमा कमजोर प्रतिद्वन्द्वी भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले हराउँदै नेपालले टि-ट्वेन्टी विश्वकप छनौटको अर्को चरणमा स्थान सुरक्षित गरेको छ ।

हिजोको जितसँगै नेपाल अहिलेसम्मका खेलमा सतप्रतिशत नतिजासँगै ८ अंकसहित शीर्ष स्थानमा छ । समान ८ अंक जोडे पनि रनरेटका आधारमा सिंगापुर दोस्रो स्थानमा छ ।

७ टोली सहभागी एसियाली समूह बी को प्रतियोगिताबाट शीर्ष ३ टिम दोस्रो चरणमा छानिने भएकाले नेपालले दुई खेलअघि नै दोस्रो चरणमा ठाउँ सुरक्षित गरेको हो । चीनसँग खेल्न लागेको नेपाल शुक्रबार समुहको अन्तिम खेलमा सिंगापुरको सामना गर्नेछ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]