Dabali News

Ad

कविताः म योद्धा हुँ

म योद्धा हुँ
थाहा छ,
जीवनमा अनन्त दृश्य
असिमित लक्ष्य
कसैले टपक्कै टिप्न सक्छ मलाई
तर पनि,
निस्फिक्री मुस्कुराइरहेकी छु, फुलसरी ?
तिमी जे भन फिक्री छैन
म त फूल हुँ !
मनको नाभिबाट
टुसाएको चाहना
अनगिन्ती खुसीहरु भेट्टाउन
म युद्धमा निस्किएकी योद्धा हुँ
र सपनाहरुसँग फुल्छु
तिमी जस्तै रङ्गीन बनेर !
म योद्धा हुँ
थाहा छ,
कुनै दिन दुश्मनको कब्जामा पर्न सक्छु
निशानी बन्न सक्छु बन्दुकको
तर पनि,
बेरोकटोक अग्लिरहेछु शैल बनेर !
म त पहाड हुँ
विचारको आकाश छुन
निरन्तर अग्लिरहन्छु (सगरमाथाको उचाइसम्म!
म योद्धा हुँ
थाहा छ,
भयावह समय पार गर्नुपर्छ
विद्रोहको मशाल बाल्न दौडिनु पर्छ
तर पनि,
म ढुक्कले वर्षिरहेछु जुन बनेर !
तिमी त सोच्छौ होला बादलजस्तै
तर म वर्षन्छु उदात्त वलिदानको लालीबाट!
र युद्ध बगाइरहेछु
विद्रोही फिलुङ्गो बनेर !

हो आज म
सपना बनेर शान्ति वर्षनु छ,
विचार बनेर चुलिनु छ,
घाम बनेर शितलता छर्नु छ,
र फूल बनेर मुस्कुराउनु छ,
किनकी ,
म योद्धा हुँ !

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]