Dabali News

कालिकोटको दुर्गम बस्तीमा निः शुल्क स्वास्थ्य शिविर

२३ असोज

काठमाडौं । द वडा फाउन्डेशनको आयोजनामा सुर्खेतको विंग्स फाउन्डेशनले कालिकोटको विकट महाव गाउँपालिका ३ ओदानकुनामा बाल शिविर सञ्चालन गरेको छ ।

गत बिहिवार र शुक्रबार २ दिने आयोजना गरिएको शिविरमा करिब ५ सय बालबालिकाहरुको स्वास्थ्य जाँच गरिएको छ ।

विंग्स फाउन्डेशनका अध्यक्ष एवम बाल रोग विशषज्ञ डाक्टर नवराज केसीको नेतृत्वमा गएको टोलीले शिविरमा बालबालिकाहरुलाई स्वास्थ्य उपचार गर्नुका साथै प्रथामिक उपचार र अंपाङता सम्बन्धि जानकारी दिइएको कोषाध्यक्ष दिपक गौतमले बताए ।

शिविरमा विंग्स फान्डेशनका तर्फबाट करिब २ लाख मुल्यको औषधी निशुल्क प्रदान गरिएको थियो । बालबालिकाहरुमा धेरैजसो मुटु सम्बन्धि र कान पाक्ने रोगको समस्या रहेको विग्ंस फाडन्डेशन एवमा बालरोज विशेषज्ञ डाक्टर नवराज केसीले बताए ।

शिविरम अध्यक्ष केसी कोषाध्यक्ष, गौतमसहित सचिव किरण बस्नेत र स्वास्थ्यकर्मीहरु अहेव राजेश बुढा, रेशम गौतम संलग्न थिए । फान्डेशनले द्रोसो पटक जिल्ला बाहिर गई शिविर सञ्चालन गरेको हो । यसअघि जाजरकोटमा सञ्चालन गरिएको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]