Dabali News

सांसद रामवीरले बुझाए राजिनामा, वामदेव काठमाडौँमा ७ बाट चुनाव लड्ने, तीन बुँदे सहमति

२३ असोज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम काठमाडौं निर्वाचन क्षेत्र ७ बाट चुनाव लड्ने भएका छन् । उक्त क्षेत्रबाट प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजिनामा पत्र बुझाएसँगै यो बाटो खुलेको हो ।

डोल्पा हुँदै बाँके पुगेर पनि चुनाव लड्न नपाएपछि गौतमले रामवीरलाई छोड्न मनाएरै छोडे । सांसद मानन्धरले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई सोमबारै राजिनामा पत्र बुझाइसकेको बताइसकेका छन् । तर, सांसाद मानन्धरले तीन वटा शर्त राखेका छन् । तीनै सर्त गौतमले स्वीकार गरेपछि दिएका हुन् ।

मानन्धरको राजिनामा दाहालले सोमबारको बालुवाटारमा भएको पार्टी सचिवालय पेश गरेका थिए । उक्त पत्र महासचिव बिष्णु पौडेलले पढेर सबैलाई सुनाएका थिए ।

स्रोतहका अनुसार गौतमलाई काठमाडौं ७ बाट प्रतिनिधि सभामा उठाउने विषयमा पार्टी अध्यक्ष दाहाल, नेता गौतम र सांसद मानन्धरबीच कुराकानी भएपछि यो नयाँ राजनीतिक वातावरण बनेको हो ।

दाहाल र गौतमसमक्ष प्रतिनिधि सभा सदस्य पदबाट राजिनामाका लागि मानन्धरले तीन वटा शर्त राखेका थिए । उनले राखेका तीन मागमा– आफुलाई नेकपाको केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री बनाउनु पर्ने छन् ।

गौतमले आफ्ना शर्त पूरा हुने आश्वासन दिएपछि गौतमलाई काठमाडौं ७ छाड्न आफू तयार भएर राजिनामा पत्र पार्टी समक्ष बुझाएको मानन्धरले निकटस्थहरूलाई बताएका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]