Dabali News

पोलार्ड वेस्ट इन्डिज टिममा फर्किए

२२ असोज

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारतविरुद्धको ३ ओटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनोट भएका छन् ।

आगामी नोभेम्बर ४ देखि हुने उक्त प्रतियोगितामा पोलार्डको खेल क्षमता र घरेलु क्रिकेटमा गरिरहेको योगदानलाई विचार गरेर छनोट गरिएको वेस्ट इन्डिजका छनोट समितिका अध्यक्ष कोर्टनी ब्राउनले बताए ।

वेस्ट इन्डिज छनोट समितिले १५ सदस्यीय एकदिवसीय टिमसमेतको घोषणा गरेको छ । उक्त टिममा नयाँ खेलाडीहरु चन्द्रपाल हेमराज, फाबियन आलेन र ओसेन थोमस रहेका छन् ।

आगामी सन् २०१९ मा हुने क्रिकेट विश्कपलाईसमेत ध्यान दिएर नयाँ खेलाडी छनोट गरिएको कोर्टनी ब्राउनले बताए । ब्राउनले आक्रामक ब्याट्सम्यान क्रिस गेल भारत र बंगलादेशविरुद्धको खेलमा उपलब्ध हुन नसक्ने पनि जानकारी दिए ।

भारत र वेस्ट इन्डिजबीच अक्टोबर २१ देखि नोभेम्बर १ सम्म भारतमा ५ ओटा एकदिवसीय क्रिकेट प्रतियोगिता हुनेछ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]