Dabali News

आज नेप्से ६ अंकले बढ्यो, ३७ करोडको कारोबार

२२ असोज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.१६अंकले बढेर १२ सय २०.५२ कायम भएको छ ।

आज (सोमबार) १६३ कम्पनीका १४ लाख ५१ हजार ५७२ कित्ता शेयर ३७ करोड १६ लाख ५६ हजार ९६३ रुपैयाँमा किनबेच भएकोे छ ।

समूहगत कारोबारमा २ समूहबाहेक सबैको सूचक बढेको छ । सबैभन्दा धेरै होल समूहको सूचक ४८.४३ अंकले बढेको छ भने निर्जीवन बिमा समूहको सूचक ३०.५ अंकले बढेको छ । बैंकिङ समूह ७.६१ अंकले बढेको छ । जीवन विमा समूह ४.७१ अंकले घटेको छ भने अन्य समूह ३.९५ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै माछापुछ्रे बैंकको शेयर ९ करोड ६९ लाख ९ हजार ९१३ रुपैयाँ शेयर किनबेच भएको छ । त्यसपछि एनआईसी एसियाका १ करोड २७ लाख २६ हजार रुपैयाँको किनबेच भएको छ ।

कारोबारमा नाडेप लघुवित्त विकास बैंकको कित्ता शेयर मूल्य १३५ रुपैयाँले बढेको छ भने बोटलर्स नेपालको १३४ ले बढेको छ । घट्नेमा राष्ट्रिय विमा संस्थानको पवर्दक शेयर ४५ रुपैयाले घटेको छ भने मिर्मिरे लघुवित्तको २५ रुपैयाँले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]