Dabali News

दैनिक तरकारीसँगै मन्ड विषको सेवान, मित्रजीव नाश

१७ पुस

काठमाडौँ । भिण्डी, अकबरे खुर्सानी र हिउँदे सिमीमा अधिक विषादीको प्रयोग भेटिएको छ ।

विभिन्न नाका भएर राजधानी भित्र्दै गर्दा उक्त तरकारीमा ४५ प्रतिशतभन्दा माथि विषादीको प्रयोग परीक्षणबाट पुष्टि भएको बाली संरक्षण निर्देशनालयले जनाएको छ ।

खेतीपातीमा प्रयोग गरिने सबै प्रकारका रासायनिक विषादी विष हुन् । तरकारीलाई कम्तीमा ३० मिनेट नुनपानीमा डुबाएर मात्र पकाउन बालीविज्ञले सुझाव दिएका छन् ।

रासायनिक विषादीको प्रयोगका कारण गर्भवती महिला र बालबालिकामा पहिलो प्रभाव देखिन्छ ।

महिलाको पेटमा रहेको बच्चा अपांग र नपुंसक जन्मनु, महिलाको पाठेघर सुक्न गई बाँझोपन देखिनु र जन्मिसकेका बालबालिकापछि सुस्तःमनस्थितिको हुनु विषादीको प्रमुख असर हो ।

डा गेहेन्द्र वैद्य विषादीका विषयमा भने, अन्य कारण मानिस मुर्छा पर्नु, झाडापखाला, कम्पन, दृष्टी कमजोर तथा मृत्युसम्म ल्याउँछ भने लामो समयपछि देखिने असरमा अन्धोपना, क्यान्सर, ट्युमर, नपंसक, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अंगमा असर, नशासम्बन्धी समस्या ल्याउने पनि हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]