Dabali News

अन्तर्राष्ट्रियस्तरमा स्थानीय खानालाई समेट्न सातै प्रदेशमा कार्यालय स्थापना गर्ने

२२ असोज

काठमाडौं । सेफ्स एशोसियशन अफ नेपालले नेपाली मौलिक खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सातै प्रदेशमा कार्यालय स्थापना गर्ने भएको छ ।

एशोसियशनको २४ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा स्थानीयस्तरको खानालाई समेट्नका लागि प्रदेशस्तरीय कार्यालय स्थापना गर्न लागेको जानकारी दिएको छ ।

एशोसियशनका अध्यक्ष श्रीराम अधिकारीले नेपालमा धेरै जाति, जनजाति रहेकाले प्रत्येक जातजातिका विविध खाना र परिकारलाई समेट्न कार्यालय स्थापना गर्न लागेको जानकारी दिए । उनले भने,“नेपालका सबै खानालाई समेट्न सेफ्स एशोसियशनले सोसँग सम्बन्धित संग्रहलय बनाउने लक्ष्य राखेको छ ।”

एशोसियशनले नेपालका २६ प्रकारका खानालाई विश्वमा चिनाउन लागि परेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्रयाउन सरकारले राखेको लक्ष्य पूरा गर्न एशोसियशनले टर्की, अष्ट्रेलिया, भारत, जापान, चीनलगायतका मुलुकमा नेपाली खानाको प्रचार गर्न लागेको छ ।

एशोशियसनका महासचिव उद्धव थापाले विदेशबाट नेपाल घुम्न आएका पर्यटकलाई नेपाली मौलिक खानामा आकर्षण गर्न सेफ्स एशोसियशन लागेको बताए । “नेपाल घुम्न आउने विदेशीले विदेशी खाना आफ्नै देशमा खाने हुँदा नेपाली खानालाई प्रोत्साहन गर्न सक्नुपर्छ, यसका लागि हामी लागिपरेका छौँ”, उनले भने ।

नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न एशोसियशनले विस २०७६ को वैशाखमा भक्तपुर दरबार क्षेत्रमा खाना महोत्सवको आयोजनासमेत गर्न लागेको छ ।

यस्तै आगामी असोज २६ गते शुक्रबारदेखि भारतको अमृतसरमा हुन लागेको ‘वल्र्ड हेरिटेज कुजीन समिट–२०१८’ मा नेपाली मौलिक खानालाई प्रदर्शन गर्न लागेको एशोसियशनले जनाएको छ ।

सन् १९९६ मा स्थापना भएको एशोसियशनमा हाल २ हजारभन्दा बढी सदस्य रहेका छन् । जसमा पाँचतारेदेखि सामान्य होटलमा काम गर्ने सेफ आबद्ध रहेका छन् । एशोसियशनले विदेशी खाना बनाउने सम्बन्धमा विदेशी सेफसँग तालिम लिनुका साथै नेपाली सेफ हुन चाहने व्यक्तिलाई तालिम प्रदान गर्दै आएकोे एशोसियशनका उपाध्यक्ष रेशम लामाले बताए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]