Dabali News

चीनबाट भेडा-च्याङ्ग्राको आयात सुरु

२२ असोज

काठमाडौं । दसैंका लागि चीनबाट भेडा-च्याङ्ग्राको आयात सुरु भएको छ ।

नेपाल-चीन व्यापारिक नाका रसुवागढी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा-च्याङ्ग्राको आयात सुरु गरिएको छ ।

पहिलो चरणमा तिब्बतबाट करिब २ सय भेडा-च्याङ्ग्रा भित्रयाइएको छ । गत वर्षको तुलनामा यो वर्ष आयात बढ्ने व्यापारीले बताएका छन् । गत वर्ष यो नाका हुँदै ५५ वटा मात्र भेडा च्याङ्ग्रा नेपाल भित्रिएका थिए ।

यस बर्ष भन्सार महशुल बढेकाले करिव ४ हजार रुपैयाँले मूल्य बढेको छ । गत वर्ष एउटा भेडा च्याङ्ग्राको मूल्य २३ हजारसम्म पर्ने गरेकोमा यस वर्ष २७ हजार पर्ने व्यापारीहरुको भनाई छ ।

२०७० सालअघि यो नाकामा ५ हजारदेखि १० हजारसम्म भेडाच्याङ्ग्रा आयात हुने गरेका थिए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]