Dabali News

लिमोजिन कार दुर्घटना, २ जना पैदलयात्रीसहित २० जनाको मृत्यु

२२ असोज

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा एउटा पार्टीमा सहभागी हुन गइरहेका मानिस चढेको लिमोजिन कार दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

न्यूयोर्कको शोहारी शहरमा भएको दुर्घटनामा ज्यान गुमाउनेमध्ये १८ जना सुविधासम्पन्न लिमोजिन कारमा सवार यात्रु थिए भने २ जना पैदलयात्री रहेका थिए । अधिक गतिमा रहेको आशंका गरिएको लिमो कारले पहिला एउटा अर्को कारलाई ठक्कर दिएपछि अनियन्त्रित भई रुखमा ठोक्किन पुगेको थियो ।

कारमा सवार सबै १८ जना एउटा भोजमा हिँडेको बताइएको छ । शुरुमा एउटा विवाह समारोहमा हिंडेको बताइए पनि केही सञ्चारमाध्यमले उनीहरु एउटा जन्मदिनको कार्यक्रममा सहभागी हुन गईरहेको दावी गरेका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । विश्वकै सुविधा सम्पन्न मानिने लिमोजिन दुर्घटनामा यती धेरैको ज्यान गएको संभवतः यो पहिलो घटना भएको एजेन्सीले जनाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]