Dabali News

Ad

अंग्रेजी नयाँ वर्ष मनाउन सौराहामा आन्तरिक पर्यटकको भीड

१७ पुस, २०७४

काठमाडौँ । चितवनको रत्ननगरस्थित सौराहामा अंग्रेजी नयाँ वर्ष २०१८ का कारण पर्यटक भरिएका थिए ।

त्यहाँ रहेका ११० होटल आन्तरिक पर्यटकले भरिभराउ रहेको क्षेत्रीय होटल संघ चितवन, सौराहाका महासचिव राममणि खनालले बताए ।

उनले भने, “करिब १५–२० प्रतिशत बाह्य पर्यटक छन्, अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भयो ।”

आइतबार साँझ आएका कतिपय पर्यटकलाई कोठा पाउनसमेत समस्या परेको व्यवसायीले बताएका छन् । बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन् । तेस्रो मुलुकका पर्यटक भने न्यून छन् । सौराहामा सुविधायुक्त ११० होटलमा दैनिक दुई हजार ८०० पर्यटक राख्न सकिने क्षमता छ ।

अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटक गएराति १२ बजेसम्म सौराहामा विभिन्न सांगीतिक कार्यक्रमको रमाइलोमा भुलेका थिए ।
रामचन्द्र काफ्ले, जुनु रिजाल, डिबी लोप्चनलगायत कलाकारले गीत गाएर मनोरञ्जन दिएका थिए ।

काठमाडौँबाट अंग्रेजी नयाँ वर्ष मनाउन आएका प्रणव सुवेदीले यसपटक सौराहामा साह्रै रमाइलो भएको प्रतिक्रिया दिए ।

सौराहामा आउने पर्यटक हात्ती, डुंगा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जंगली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]